default_image

3 months ago

November 25, 2024

विराटनगरका मुख्य प्रशिक्षक काठमाडौंमा

379 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली विराटनगर किङ्सका मुख्य प्रशिक्षक आयरल्यान्डका पूर्व क्रिकेटर केभिन ओ’ब्राएन सोमबार काठमाडौं आइपुगेका छन् ।

मुख्य प्रशिक्षक ओ’ब्राएन काठमाडौं आईपुगेको टोलीले आफ्नो सामाजिक संजाल मार्फत जनाएको छ । उनलाई त्रिभुवन विमानस्थलमा विराटनगरका टिम व्यवस्थापकमा विजय कुमार धिताल लगायतले स्वागत गरेका थिए ।

राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने विराटनगरको मार्की खेलाडी हुन् । टोलीको सहायक प्रशिक्षकमा लाक्पा लामा र व्यवस्थापकमा विजय कुमार धिताल छन् । टोलीको निर्देशकमा दीपेन्द्र चौधरी रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्नेछ ।

सिद्धार्थ बैंक एनपिएलमा विराटनगरको खेल तालिका

मंसिर १५ गते जनकपुर बोल्ट्सविरुद्ध मध्यान्ह १२ः१५ बजे
मंसिर १८ गते सुदूरपश्चिम रोयल्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर १९ गते लुम्बिनी लायन्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २२ गते कर्णाली याक्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २७ गते पोखरा एभेन्जर्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २८ गते चितवन राइनोजविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर ३० गते काठमाडौं गोर्खाजविरुद्ध बिहान ९ः१५ बजे

विराटनगर किङ्स टोली – सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम

February 26, 2025

अफगानिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इङ्ग्ल्याण्डविरुद्ध टस जितेको छ । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तान पहिलो […]

February 26, 2025

अफगानिस्तान र इङ्ग्ल्याण्डलाई जित्नै पर्ने दबाब

एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

Success

Thank you for your time.