default_image

3 months ago

November 25, 2024

एनपिएलको ट्रफी अनावरण

548 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी अनावरण गरेका छन्।

सुन्धारा स्थित धरहरा परिसरमा सोमवार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका मार्की खेलाडीका साथ ट्रफी अनावरण गरेका हुन्।

ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा प्रयोग गरिएको नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले जानकारी दिए।

पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट ढुंगा ल्याएको खड्का जानकारी दिए। शेर्पाद्वय कार्यक्रम प्रस्तुत भएका थिए।

प्रधानमन्त्री ओलीले नेपाल खेलकुदका लागि महत्त्वपूर्ण दिन रहेको जनाउँदै एनपिएलले खेलकुदमा‌ नयाँ उचाईमा पुर्याउने विश्वास व्यक्त गरे। उनले क्रिकेट युवा पुस्ताको सपना बनेको बताए ।

प्रधानमन्त्री ओलीले सहभागी ८ टोलीका कप्तानहरुलाई अलग अलग बिशेषणसहित प्रशंसा गर्दै सफलताको शुभकामना दिए। उनले एनपिएलले पर्यटन व्यवसायलाई पनि टेवा पुग्ने विश्वास लिएको बताए । उनले युवा प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन एनपिएल प्रभावकारी हुने आशा व्यक्त गरे।

प्रधानमन्त्री ओलीले क्यानलाई महिला एनपिएल आयोजना गर्न सुझाव दिए । सरकारले पर्याप्त लगानी गर्न नसकेको स्वीकार गर्दै त्यसमा आफूलाई नै चित्त नबुझेको बताए ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले एनपिएलको‌ चर्चा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रुपमा पनि चर्चा पाइरहेको बताए । सदस्य सचिव टंकलाल घिसिङले एपिएफको सफलताको‌ शुभकामना दिए ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले एपिएलमा आबद्ध सबैलाई धन्यवाद दिए। कार्यक्रममा क्यान पदाधिकारी एनपिएलका टोलीका मालिकलगायत को उपस्थिति थियो। एनपिएल शनिवार सुरु हुनेछ। उद्घाटन खेल विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच हुनेछ ।

February 26, 2025

अफगानिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इङ्ग्ल्याण्डविरुद्ध टस जितेको छ । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तान पहिलो […]

February 26, 2025

अफगानिस्तान र इङ्ग्ल्याण्डलाई जित्नै पर्ने दबाब

एजेन्सी – च्याम्पियन्स ट्रफीमा सुरक्षित रहन जित्नै पर्ने खेलमा अफगानिस्तान र इङ्ग्ल्याण्ड आज एकअर्कासँग खेल्दैछन् । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ […]

February 25, 2025

ललितपुर र मकवानपुरको जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ । मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो । काठमाडौंका लागि सोनु देवकोटाले ४८ […]

Success

Thank you for your time.