default_image

3 months ago

November 24, 2024

आइभरी कोस्ट ७ रनमा अल आउट

4968 views

0 Bookmark

एजेन्सी – अफ्रिकी राष्ट्र आइभरी कोस्टले टि ट्वान्टी आई सबैभन्दा कम रनको कीर्तिमान बनाएको छ ।

आइतबार आइसिसी मेन्स टि ट्वान्टी विश्व कप अफ्रिका महादेश उप क्षेत्रीय छनोटमा आइभरी कोस्ट नाइजेरियाविरुद्ध ७ रनमा अल आउट भएको हो । एक इनिङमा ७ रनमा अल आउट हुदै आइभरी कोस्टले आइल अफ म्यान र मंगोलीयाले १० रनमा अल आउट हुँदै बनाएको कीर्तिमान तोडेको छ ।

शनिबार मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको आइभरी कोस्टले आफ्नो दोस्रो खेलमा नै नचाहेको कीर्तिमान बनाएको हो । आइभरी कोस्ट सन् २०२२ मा आइसिसीबाट एसोसिएट सदस्य राष्ट्र बनेको हो ।

नाइजेरियाले दिएका २ सय ७२ रनको लक्ष्य पछ्याएको आइभरी कोस्ट ७.३ ओभरमा सात रन बनाउँदै अल आउट भएको थियो । उसका सात खेलाडीले रनको खाता खोल्न नै सकेनन् । नाइजेरियाका लागि दुई खेलाडी समान तीन, एक खेलाडी २ तथा एक खेलाडीले १ विकेट लिएका थिए ।

त्यसअघि नाइजेरियामा भएको खेलमा घरेलु टोलीले टस जितेर पहिले ब्याटिङ गरेकोमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ७१ रन बनाएको थियो । नाइजेरियाका ओपनर सिलिम सालौले सर्वाधिक १ सय १२ रन जोडेका थिए । उनले ५३ बलमा १३ चौका र २ छक्का प्रहार गरेका थिए । अर्का ओपनर सुलिमन रुन्सेवाले २९ बलमा ५० रन बनाएका थिए ।

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

February 26, 2025

जाद्रानको कीर्तिमानी शतकमा इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य

एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]

Success

Thank you for your time.