3 months ago
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तानमा जारी नेत्रहिन टि ट्वान्टी विश्व कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
आइतवार प्रतियोगिताको दोस्रो खेलमा नेपाली टोली बंगलादेशसँग ६७ रनले पराजित भएको हो ।
बंगलादेशले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १ सय १२ रन मात्र बनायो । नेपालका लागि भरत थापाले ३१ तथा नरेश चौधरीले १९ रन बनाए । बंगलादेशका लागि अस्मत अलिले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले १९.३ ओभरमा अल आउट हुदै १ सय ७९ रन बनाएको थियो । बंगलादेशका लागि आरिफ हुसेनले ५४ तथा मोहम्मद सलमानले ३४ रन जोडे । नेपालका लागि सुनिल मगर, भरत थापा, अमिस गुरागाइ र दुर्गादत्त पौडेलले समान १ विकेट लिए ।
पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो । तेस्रो खेलमा नेपालले सोमवार अफगानिस्तानको सामना गर्नेछ ।
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]