3 months ago
November 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागिताका लागि नेदरल्यान्ड्सका ब्याटर माइकल लेभिट काठमाडौं आइपुगेका छन् ।
एनपिएलमा काठमाडौं गुर्खाजमा अनुबन्ध लेभिट आइतवार बिहान नेपाल आइपुगेको टोलीले आफ्नो सामाजिक संजालमार्फत जनाएको छ । नेपाल आइपुग्ने लेभिट काठमाडौंका पहिलो विदेशी खेलाडी हुन् ।
लेभिटका अलावा काठमाडौंले नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस तथा इंग्लिस क्रिकेटरहरु स्टेफन इस्किनाजी, नाथन सावटर र ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ ।
काठमाडौं गुर्खाजले अक्सनबाट शाहव आलम, भीम सार्की, रसिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतीक श्रेष्ठलाई लिएको थियो।
ट्यालेन्ट हन्टबाट क्रिस कार्कीलाई आइकोनिक खेलाडीका रूपमा टोलीमा आबद्ध भइसकेका छन्। टोलीको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी छन्। टोलीको ‘मार्की’ खेलाडीमा करण केसी रहेका छन्। ।
नेपाल क्रिकेट संघ(क्यान) को आयोजनामा लिग मंसिर १५ देखि पुस ६ गतेसम्म आयोजना हुँदैछ हुदैछ । मंसिर १७ गते चितवन राइनोजविरुद्ध खेल्दै काठमाडौंले लिग सुरुवात गर्नेछ ।
एनपीएलमा काठमाडौं गुर्खाजको खेल तालिका
मंसिर १७ गते चितवन राइनोजविरुद्ध बिहान ९ः१५ बजे
मंसिर १९ गते कर्णाली याक्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर २० गते सुदूरपश्चिम रोयल्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २६ गते लुम्बिनी लायन्सविरुद्ध दिउँसो १ः१५ बजे
मंसिर २७ गते जनकपुर रोयल्सविरुद्ध दिउँसो १ः१५ बजे
मैसिर २९ गते पोखरा एभेन्जर्सविरुद्ध बिहान ९ः१५ बजे
मंसिर ३० गते विराटनगर किङ्सविरुद्ध बिहान ९ः१५ बजे
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]
February 26, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इङ्ग्ल्याण्डविरुद्ध टस जितेको छ । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर अफगानिस्तानका कप्तान हशमतुल्लाह शाहिदीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो खेलमा पराजित दुवै टोलीलाई प्रतियोगिताको सेमिफाइनल सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ । यो खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ । अफगानिस्तान पहिलो […]