default_image

4 months ago

November 23, 2024

अस्ट्रेलिया विरुद्ध भारतको सानदार प्रदर्शन

1276 views

0 Bookmark

एजेन्सी– अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट दोस्रो इनिङमा भारतले सानदार प्रदर्शन गरेको छ ।

दोस्रो दिन शनिवारको खेल सकिँदा भारतले विकेट नगुमाई १ सय ७२ रन बनाएको छ । दोस्रो इनिङमा भारतले २ सय १८ रनको अग्रता बनाएको छ।

भारतका यशस्वी जयसवाल ९० रन र केएल राहुल ६२ रनमा अविजित छन् । १ सय ९३ खेलेका यशस्वीले ७ चौका र २ छक्का प्रहार गरे। केएलले १ सय ५३ बलमा ४ चौका प्रहार गरे।

पर्थमा टस जितेर बिहीवार ब्याटिङ गरेको भारतले पहिलो इनिङमा १ सय ५० रन बनाएको थियो । भारतका नितिश रेड्डीले सबैभन्दा धेरै ४१ रन बनाए ।अस्ट्रेलियाका जोश हेजलवुडले ४ विकेट लिए ।

दोस्रो दिन अस्ट्रेलिया पहिलो इनिङमा १ सय ४ रनमा अलआउट भएको थियो । ६७/ ७ को अवस्थाबाट अस्ट्रेलियाले दोस्रो दिनको खेल सुरु गरेको थियो।

अस्ट्रेलियाका मिचेल स्टार्कले सबैभन्दा धेरै २६ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराहले ५ विकेट लिएका थिए।

हर्सित राणाले ३ तथा मोहम्मद सिराजले २ विकेट लिएका थिए। ५ टेस्टको सिरिजका‌ लागि भारतीय टोली अस्ट्रेलिया भ्रमणमा छ।

March 11, 2025

आइजिपी कप क्रिकेट सुरु हुँदै, इण्डोर क्रिकेट मैदानको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा सञ्चालन हुने प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिले क्रिकेट खेलाडी उत्पादनको उद्देश्यका साथ आन्तरिक खेलकुद प्रतियोगिता सञ्चालन गर्ने अघिल्लो दिन सोमवार ट्रफी अनावरण गरिएको हो । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता मंगलवार सुरु हुनेछ। ट्रफीको राष्ट्रिय प्रहरी प्रशिक्षण […]

March 10, 2025

नेपाल हङकङसँग झिनो अन्तरमा पराजित

काठमाडौं (हाम्रो खेलकुद )- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल आज हङकङसँग २ रनको झिनो अन्तरले पराजित भएको छ। जारी सिरिजमा नेपालको यो दोस्रो हार हो। जितको लागि १ सय १ रनको विजय लक्ष्य पछाएको नेपाल २० ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा समेटियो। योसँगै नेपालले २ रनको हार बेहोरेको हो। नेपालले सुरुवात राम्रो गर्न […]

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

Success

Thank you for your time.