default_image

3 months ago

November 22, 2024

पहिलो दिन नै खस्यो १७ विकेट

1376 views

0 Bookmark

एजेन्सी – घरेलु टोली अस्ट्रेलिया र भारतबीचको बोर्डर गावास्कर ट्रफी अन्तर्गतको पहिलो टेस्टको पहिलो दिनै १७ विकेटको पतन भएको छ ।

अस्ट्रेलियामा शुक्रवारबाट सुरु पहिलो टेस्टको पहिलो दिनमा दुवै टोलीको गरेर १७ विकेट पतन भएको हो । अस्ट्रेलियाको पर्थमा टस जितेर पहिले ब्याटिङ गरेको भारत पहिलो इनिङमा १ सय ५० रन बनाउँदै अल आउट भयो ।

भारतका लागि यसै खेलबाट टेस्ट डेब्यु गरेका नितिश कुमार रेड्डीले ५९ बलमा सर्वाधिक ४१ रन जोडेका थिए । रिषभ पन्तले ७८ बलमा ३७, ओपनर केएल राहुलले ७४ बलमा २६ तथा धुव्र जुरेलले २० बलमा ११ रन बनाएका थिए ।

अस्ट्रेलियाका लागि जस हेजलवुडले ४ तथा मिचेल स्टार्क, प्याट कमिन्स र मिचेल मार्शले समान २ विकेट लिए ।

शुक्रवार नै पहिलो इनिङको सुरुवात गरेको अस्ट्रेलियाले खराब सुरुवात गरेको छ । पहिलो दिनको समाप्तीसम्म अस्ट्रेलियाले सात विकेट गुमाएर ६७ रन मात्र बनाएको छ । अस्ट्रेलियाका एलेक्स केरी १९ र मिचेल स्टार्क ६ रनमा नट आउट रहेका छन् ।

त्यसअघि अस्ट्रेलियाका लागि ट्राविस हेडले १३ बलमा ११ तथा नाथन म्याकस्वेनेले १३ बलमा १० रन जोडेका थिए । भारतका लागि कप्तान जसप्रित बुमराहले ४, मोहम्मद सिराजले २ तथा हर्षित रानाले १ विकेट लिएका थिए ।

बोर्डर गावास्कर ट्रफी अन्तर्गतको पाँच खेलको टेस्ट सिरिजका लागि भारत अस्ट्रेलिया भ्रमणमा रहेको छ ।

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

February 26, 2025

जाद्रानको कीर्तिमानी शतकमा इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य

एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]

Success

Thank you for your time.