3 months ago
November 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू१९ पुरुष क्रिकेट टोलीले एसीसी मेन्स यू१९ एसिया कपको तयारीका लागि कर्नाटकविरुद्ध खेलिरहेको ५ खेलको सिरिजमा आज अन्तिम खेल खेलिरहेको छ ।
टियु क्रिकेट मैदानमा चलिरहेको पाँचौ तथा निर्णायक खेल जित्न नेपालले १ सय ९२ रनको मध्यम लक्ष्य प्राप्त गरेको छ । पहिलो ब्याटिङको निम्तो पाएको कर्नाटकले ५० ओभरमा अलआउट हुँदै १ सय ९१ रन जोड्यो । कर्नाटकले सिरिजमा पहिलो पटक पूरा ५० ओभर खेलेको हो ।
टोलीका लागि कप्तान रोहितले सर्वाधिक ४१ रन जोडे । अलराउन्डर इसा पुथिगेले ५६ बलमा नटआउट ३८ रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए । त्यसअघि ओपनर गगन रावले ३४ रन जोडेका थिए । इनिङको दोस्रो बलमै प्रतिकलाई नेपालका कप्तान हेमन्त धामीले बोल्ड गरेका थिए । त्यसपछि ऋषभ पाँचौ ओभरमा हेमन्तको एलबीडब्लु शिकार बने ।
गगन र शिवले ४२ रनको साझेदारी गर्दै इनिङ सम्हाले । नेपालका लागि नरेन साउदले २ विकेट लिँदै खेलमा फर्काए । त्यसपछि रोहित र इसाले रन जोड्दै मध्यम स्कोरसम्म पुर्याए । समग्रमा हेमन्तले ३ विकेट लिँदा अभिषेक तिवारी, नरेन सुद र युवराज खत्रीले २-२ विकेट लिए ।
सिरिज २-२ को अवस्थामा रहेकोले आजको खेल जित्नेले सिरिज पनि जित्नेछ ।
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]
February 26, 2025
एजेन्सी – इब्राहिम जाद्रानको कीर्तिमानी शतक सहयोगमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई बलियो लक्ष्य दिएको छ । जारी खेलमा अफगानिस्तानले इङ्ग्ल्याण्डलाई ३ सय २६ रनको बलियो लक्ष्य दिएको हो । पाकिस्तानको लाहोरमा रहेको गद्दाफी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रनको बलियो योगफल तयार गर्यो । अफगानिस्तानका […]