default_image

3 months ago

November 19, 2024

विराटनगर किङ्सको जर्सी र एन्थम सार्वजनिक

1164 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर(एनपिएल) को टोली विराटनगर किङ्सले आफ्नो जर्सी तथा एन्थम सार्वजनिक गरेको छ ।

मंगलवार विराटनगरले एक कार्यक्रमका बीच टोलीको जर्सी तथा एन्थम सार्वजनिक गरेको हो । विराटनगरका मार्की खेलाडी सन्दीप लामिछानेले टोलीको जर्सी सार्वजनिक गरेका हुन् । कार्यक्रममा फेस अफ विराटनगर रचना रिमाल तथा टोलीका ब्रान्ड एम्बासडर कुशल पोखरेलको समेत उपस्थिती रहेको थियो ।

विराटनगरका मुख्य प्रशिक्षकमा आयरल्यान्डका पुर्व क्रिकेटर केभिन ओ ब्राइनलाई रहेका छन् । विराटनगरको मार्की खेलाडीमा राष्ट्रिय क्रिकेट टोलीका नियमित सदस्य सन्दीप लामिछाने रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा‌ मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म एनपिएल हुनेछ । विराटनगरले उद्घाटनकै दिन जनकपुर बोल्ट्ससँग पहिलो खेल खेल्नेछ ।

विराटनगर किङ्स टोली

सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.