3 months ago
November 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी मेन्स यू१९ एसिया कपको तयारीस्वरूप कर्नाटक यू१९ विरुद्ध अभ्यास सिरिज खेलिरहेको नेपाली टोलीले चौथो खेलमा कमजोर ब्याटिङ गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ३५.१ ओभरमा अलआउट हुनुअघि १ सय ५ मात्र रन जोड्यो । नेपालका लागि ओपनर मयन यादवले ३४ र रोशन विकले नटआउट ३४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो स्कोरमा रन जोड्न सकेनन् ।
रोशनले ४६ बलमा ६ चौका प्रहार गरेका थिए । रोशनले अन्त्यतिर संयमित ब्याटिङ गर्दा नेपालले १ सय रन पार गरेको थियो । नेपालको स्कोर ६६ रन हुँदा क्रिजमा आएका रोशनले त्यसपछि एक्लै रनको बागडोर सम्हालेका थिए ।
नेपालले सातौं ओभरमा आकाश त्रिपाठीलाई ७ रनमा गुमाएको थियो । इसा पुथिगेको बलमा बोल्ड हुँदा नेपालले ३५ रन जोडेको थियो । त्यसपछि खुलेर खेल्न नसकेको टोलीले १७ औं ओभरमा कार्यवाहक कप्तान अर्जुन कुमाललाई गुमायो । ५ रनमा खेलिरहँदा अर्जुन पुल खेल्ने धुनमा स्क्वायर लेग पछाडी क्याच आउट भए ।
लगत्तै २ ओभरपछि मयन आउट भएपछि नेपाल ५७-३ को स्थितिमा पुग्यो । मयनले ६१ बलको सामना गर्दै ४ चौका प्रहार गरे । त्यसपछि नेपालले लगातार अन्तरमा विकेट गुमायो । मध्यम गतिका बलर अक्षथ प्रभाकरले आफ्नो ८ ओभरको स्पेलमा ५ विकेट लिँदै नेपाललाई धराशायी पारे । बायाँ हाते स्पिनर प्रणव अश्वथले पनि ३ विकेट लिँदै कसिलो बलिङ गरे । उनले लगतार १० ओभर फ्याँक्ने क्रममा ५ मेडनसहित १० रन मात्र खर्चिए ।
मध्यक्रममा सन्तोष यादव ८ र नरेन भट्टले ३ रन जोड्दा उत्तम मगर, युनिश ठकुरी र युवराज खत्रीले खाता खोल्न सकेनन् । रोशनले एकतर्फबाट लगातार रन जोड्दा अन्यले विकेट जोगाउन सकेनन् । रञ्जित कुमारले १ रन जोड्दा विपिनले खाता खोल्न सकेनन् ।
अक्षथको ५ र प्रणवको ३ विकेट सँगै इसा र मलातेशले कर्नाटकका लागि १-१ विकेट लिए । कर्नाटकले यो खेल जितेमा ५ खेलको सिरिज २-२ को बराबरीमा पुग्नेछ । अन्तिम खेल विहीबार हुनेछ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]