3 months ago
November 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर(एनपिएल) को फ्रेन्चाइजी चितवन राइनोजले टोलीको जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गरेको छ ।
सोमवार चितवनले एक कार्यक्रमका बीच टोलीको जर्सी, एन्थम र मस्कट सार्वजनिक गरेको हो । चितवनका मार्की खेलाडी कुशल मल्ल तथा भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहालले जर्सी, एन्थम तथा मस्कट सार्वजनिक गरेका हुन् ।
चितवनको मस्कटमा एक सिङ्गे गैडा रहेको छ । चितवनको मार्की खेलाडीमा कुशल मल्ल र मुख्य प्रशिक्षकमा उमेश पटवाल रहेका छन् । एनपिएलमा ८ टिमको सहभागिता रहेको छ । लिगको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म रहेको छ । सोमवार जारी लिगको खेलतालिका अनुसार चितवनको पहिलो खेल मंसिर १७ गते काठमाडौं गुर्खाजसँग रहेको छ ।
चितवन राइनोजको टोली – कुशल मल्ल, रिजन ढकाल, विपिन रावल, रन्जित कुमार, सन्तोष कार्की, दिपेश श्रेष्ठ, गौतम केसी, अमरसिंह राउटेला, दिपक बोहरा, कमलसिंह ऐरी, शरद भेषवाकर, ल्यूक मार्टिन बेनकेन्स्टाइन, मार्चन्ट डे लांग, हसन इसाखिल, जान निकोल लफ्टी इटन र रवि बोपारा
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]