3 months ago
November 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच खेल हुनेभएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले सोमवार जारी गरेको खेल तालिका अनुसार उद्घाटन मंसिर १५ को दिन विराटनगरले जनकपुरको सामना गर्ने भएको हो ।
उद्घाटन खेल मंसिर १५ गते मध्यान्ह १२ः१५ मा सुरु हुनेछ । लिग सुरु भएको भोलीपल्ट मंसिर १६ गते उपनिर्वाचन रहेका कारण कुनै खेल हुनेछैन । लिगको तेस्रो दिन मंसिर १७ गतेबाट लिग चरणको अन्तिम दिन पुस १ बाहेक हरेक दिन दुई खेल हुनेछ । दुई खेल भएका दिन बिहान ९ः१५ मा पहिलो तथा दिउँसो १ः१५ मा दोस्रो खेल हुनेछ ।
पहिलो क्वालिफायर र इलिमिनेटर खेल पुस ३ गते हुनेछ । पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको टोली तथा दोस्रो स्थानको टोलीबीचमा प्रतिस्पर्धा हुन्छ । यस खेलमा विजेता टोलीले फाइनलमा स्थान बनाउदा पराजित टोलीले फाइनल प्रवेशको फेरी मौका पाउनेछ ।
इलिमिनेटर खेलमा लिगमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच खेल हुन्छ । पराजित टोली प्रतियोगिताबाट बाहिरिदा विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ ।
पुस ४ मा दोस्रो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटर खेलमा विजयी टोलीबीच फाइनल प्रवेशका लागि खेल हुनेछ । पहिलो क्वालिफायरमा पराजित टाेली र दोस्रो क्वालिफायरको विजेताबीच पुस ६ गते पहिलो संस्करणको सिद्धार्थ बैंक एनपिएल उपाधीका लागि प्रतिस्पर्धा हुनेछ । फाइनल खेल पुस ६ गते मध्यान्ह १२ः१५ मा हुनेछ ।
लिगको खेल तालिका
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]