default_image

3 months ago

November 18, 2024

पाकिस्तानविरुद्धको सिरिज अस्ट्रेलियाको क्लिन स्विप

651 views

0 Bookmark

एजेन्सी – पाकिस्तानविरुद्धको तीन खेलको टि ट्वान्टी आई सिरिजमा घरेलु टोली अस्ट्रेलियाले क्लिन स्विप गरेको छ ।

लगातार दुई खेल जितेर अघिल्लो खेलमा नै अस्ट्रेलियाले सिरिज जितिसकेको थियो । सोमवार भएको तेस्रो टि ट्वान्टी खेल ७ विकेटले सहज रुपमा जित्दै अस्ट्रेलियाले सिरिजमा क्लिन स्विप गरेको हो ।

१ सय १८ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ११.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको सहज जितमा मार्कस स्टोइनसले २७ बलमा ५ चौका र ५ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक ६१ रन बनाए ।

कप्तान जोस इङ्ग्लिसले २४ बलमा २७, ज्याक फैजरले ११ बलमा १८ तथा टिम डेबिडले नट आउट ७ रन जोडे । पाकिस्तानका लागि अब्बास अफ्रिदी, शाहिन शाह अफ्रिदी र जहान्दाद खानले समान १ विकेट लिए ।

त्यसअघि अस्ट्रेलियाको होर्बाटमा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले १८.१ ओभरमा अल आउट हुँदै १ सय १७ रनमा समेटिएको थियो ।

पाकिस्तानका लागि बाबर अजामले २८ बलमा ४ चौकाको सहयोगमा सर्वाधिक ४१, हसिबुल्लाह खानले १९ बलमा २४, शाहिन शाह अफ्रिदीले १२ बलमा १६ तथा इर्फान खानले ८ बलमा १० रन बनाएका थिए । पाकिस्तानका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अस्ट्रेलियाका लागि आरोन हार्डीले ३, स्पेन्सर जोनसन र एडम जाम्पाले समान २ तथा जेभियर ब्राटलिट र नाथन एलिसले समान १ विकेट लिए । यसअघि भएको तीन खेलको ओडिआई सिरिज भने पाकिस्तानले २-१ ले जितेको थियो ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.