3 months ago
November 17, 2024
एजेन्सी – अस्ट्रेलियासँगको पर्थमा हुने बोर्डर गावस्कर ट्रफीको पहिलो खेलमा भारतीय टोलीको कप्तानी तीव्र गतिका बलर जसप्रित बुमराहले गर्ने भएका छन् ।
पर्थको ओप्टस स्टेडियममा नोभेम्बर २२ देखि सुरु हुने बोर्डर–गावस्कर ट्रफीको पहिलो टेस्टमा नियमित कप्तान रोहित शर्मा नहुने भएपछि उपकप्तान बुमराहले टोलीको कप्तानी गर्ने भएका छन्
दोस्रो सन्तानको जन्मका लागि स्वदेशमै रहेका रोहित एडिलेडमा डिसेम्बर ६ देखि सुरु हुने दोस्रो टेस्ट अघि मात्र भारतीय टोलीमा सामेल हुनेछन् ।
रोहितले बिसिसिआई र टिम छनोटकर्तालाई पर्थ टेस्ट नखेल्ने जानकारी दिइसकेका थिए । रोहितले बिसिसिआईलाई ३० नोभेम्बरदेखि एडिलेडमा हुने डे–नाइट टेस्टअघिको अभ्यास खेलमा भने उपस्थित हुने जानकारी गराएका छन् ।
भारतले एडिलेट टेस्ट अघि दुई दिवसीय डे नाइट टेस्ट अभ्यास खेल खेल्नेछ । बुमराहले सन् २०२१–२२ मा इङ्ग्ल्याण्डको एजबेस्टनमा भएको पाँचौ टेस्टमा टोलीको कप्तानी गरेका थिए ।
कोभिड–१९ को संक्रमण पुष्टि भएपछि रोहितले खेल गुमाए पछि बुमराहले भारतको नेतृत्व गरेका थिए ।
भारतले अब पहिलो रोजाइका शीर्ष तीनमा रहेका दुई सदस्यबिना नै टेस्ट सिरिजको सुरु गर्ने तयारी गरेको छ । तेस्रो नम्बरका ब्याटर शुभमन गिलले पनि औंला भाँचिएपछि पर्थ टेस्ट गुमाउने भएका छन् ।
रोहितको अनुपस्थितिमा यशस्वी जयसवालसँगै केएल राहुल वा अभिमन्यु ईश्वरन ओपनरका दाबेदार रहेका छन् । दुई टोलीबीच ५ टेस्टको सिरिज हुनेछ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]