default_image

3 months ago

November 17, 2024

इन्दु काठमाडौं गुर्खाजको क्रिकेट एम्बेसडर नियुक्त

1078 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा काठमाडौं गुर्खाजको क्रिकेट एम्बेसडर नियुक्त भएकी छिन् ।

काठमाडौंले एक कार्यक्रमका बीच इन्दुलाई टोलीको क्रिकेट एम्बेसडर नियुक्त गरेको हो । इन्दुले एनपिएल टोली काठमाडौंको अंग हुन पाएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिइन् ।

‘एनपिएल फेस्टिभल अफ क्रिकेटको रुपमा रहने छ । एनपिएलले गरेर समग्र नेपाली क्रिकेट नै उत्साहित छौं,” इन्दुले सो अवसरमा भनिन् “अहिलेको स्थितिमा नेपाली महिला/ पुरुष क्रिकेटको‌ क्रेज बढेको छ । हामीलाई भविष्यमा महिलाको पनि फ्रान्चाइज लिग हुने पनि आशा छ।’

कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले विश्व सामू नेपाली खेलाडी र प्रशिक्षकले आफ्नो क्षमता देखाउने अवसर आएको बताए । नेपाली क्रिकेटलाई विश्वसामू पुर्याउने क्यानको अभियानमा साथ दिने फ्रेन्चाइजीहरुलाई सचिव खड्काले धन्यवाद दिए ।

बसन्त शाही ठकुरी काठमाडौंको मुख्य प्रशिक्षकमा रहेका छन् । काठमाडौं गुर्खाजको ‘मार्की’ खेलाडीमा करण केसी छन् । त्यसबाहेक टोलीले अक्सनबाट शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौं गुर्खाजले विदेशी खेलाडीको रुपमा यसअघि नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट, नामिबियाका कप्तान मर्वी जेर्राड इरसमस तथा इंग्लिस क्रिकेटरद्वय स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई अनुवन्ध गरिसकेको छ ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.