3 months ago
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को टोली विराटनगर किङ्सले अभिनेता दयाहाङ राईलाई आफ्नो गुडविल एम्बासडरमा नियुक्त गरेको छ ।
विराटनगरले आइतवार एक कार्यक्रममा बीच राईलाई एम्बासडर नियुक्त गरेको हो । राईले मौकाका लागि विराटनगर किङ्सलाई धन्यवाद दिए।
‘यो एनपिएल न्युट्रल बसेर हेरौं भन्ने थियो। तर टोलीसँग जोडिन पाए। क्रिकेट हेर्न र बुझ्न थालेको छु। अझै बुझ्न बाँकी छ। तर क्रिकेटले सबैलाई जोडेको छ ,’ उनले भने, ‘यो हामी सबैलाई थाहा छ। भलिबल, फुटबल खेल्थे । तर क्रिकेट खेल्थिन । शक्ति गौचन, पारस खड्का, सुवास खकुरेललगायतको नाम रेडियोमा सुन्थे । ‘ राईले जुनसुकै खेलले धर्यता सिकाउँने बताए ।
नेपाल क्रिकेट संघ ( क्यान) का सचिव पारस खड्काले खेलकुद र क्रिकेटको संस्कारका लागि सबैको साथको अपेक्षा राखेको बताए ।
विराटनगरमा नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य सन्दीप लामिछाने मार्की खेलाडी रहेका छन् । आयरल्याण्डका पुर्व क्रिकेटर केबिन ओब्राइन विराटनगरको मुख्य प्रशिक्षकमा छन् ।
क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म पहिलो संस्करणको एनपिएल हुदैछ ।
विराटनगर किङ्स टोली – सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल र इस्मत आलम।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]