3 months ago
November 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी मेन्स यू१९ एसिया कपको तयारीका लागि कर्नाटक यू१९ विरुद्ध जारी मैत्रीपूर्ण सिरिजको तेस्रो खेलमा नेपालले जित हासिल गरेको छ ।
मुलपानी क्रिकेट मैदानमा नेपालले १ सय २१ रनको जित दर्ता गर्दै सिरिजमा २-१ को अग्रता लिएको छ । जितका लागि २ सय ८३ रनको लक्ष्य पछ्याएको कर्नाटकले ४०.२ ओभरमा अलआउट हुँदै १ सय ६१ रन जोड्यो । कर्नाटकका लागि ओपनर गगन रावले सर्वाधिक ४६ रन जोडे ।
पहिलो विकेटका लागि प्रतिक र गगनले ४३ रन जोडेका थिए । दशौं ओभरमा युवराज खत्रीले डाइरेक्ट थ्रोमा प्रतिकलाई रनआउट गरेपछि नेपालले पहिलो सफलता पाएको थियो । त्यसपछि भने नेपाली स्पिनरले खेललाई नियन्त्रणमा राखे ।
मध्यक्रममा शिवले २३ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै योगदान दिन सकेनन् । १००-२ को स्थितिबाट टोली ४१ औं ओभरमा अलआउट हुन पुग्यो । बायाँ हाते स्पिनर नरेन साउदले ४ विकेट लिँदा लेग स्पिनर युवराज खत्रीले ३ विकेट लिए । अपराजित पौडेलले १ विकेट हात पारे ।
त्यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रनको बलियो योगफल खडा गरेको थियो । नेपालका लागि रोशन विकले ५७ बलमा नटआउट ८१ रनको योगदान दिँदै बलियो योगफलसम्म पुर्याएका थिए । उनले ६ चौका र ३ छक्का प्रहार गरे ।
विहानी कन्डिसनमा ओपनरद्वय आकाश त्रिपाठी र मयनले संयमित ब्याटिङ गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए । त्यसपछि मध्यक्रममा रोशन र उत्तमले आक्रामक ब्याटिङ गर्दै नेपाललाई बलियो योगफलसम्म पुर्याए ।
आकाश र मयनले १३ ओभरमा ६३ रनको साझेदारी गरेका थिए । स्पिनरले फ्याँकेको पहिलो ओभरमा पोइन्टमा क्याच आउट हुनुअघि आकाशले २६ रन जोडे । उनले ४० बलमा ४ चौका प्रहार गरे । त्यसपछि अर्जुन र मयनले ५२ रनको साझेदारी गरे । अर्जुनले २५ औं ओभरमा लोहिथको बलमा बोल्ड हुनुअघि २४ बलमा ३ चौकासहित २७ रन जोडे ।
मयन पनि २८ औं ओभरमा कट बिहाइन्ड भए । उनले ९८ बलको सामना गर्दै ६ चौका र २ छक्कासहित ५८ रन जोडे । दिल्शाद अलीको ब्याटबाट पुन: एकपटक रन निस्केन । उनी ३ रन जोड्दै स्पिनर लोहिथकै बलमा कट बिहाइन्ड भए । नरेन भट्टले ३७ औं ओभरमा आउट हुनुअघि १४ रन बनाए । उनी आउट हुँदा नेपाल १७४-५ को स्थितिमा थियो ।
त्यसपछि बागमती प्रदेशबाट खेल्दै आएका रोशन र उत्तमले आक्रामक साझेदारी गरे । ४९ औं ओभरमा आउट हुनुअघि उत्तमले ४४ बलमा ३ चौका र २ छक्कासहित ५२ रन बनाए । यी दुईले ७१ बलमा ९९ रनको साझेदारी गरेका थिए ।
कर्नाटकका लागि स्पिनरद्वय लोहिथ र वासुले २-२ विकेट लिँदा इसा पुथिगे र प्रणव अश्वथले १-१ विकेट हात पारे ।
सिरिज अन्तर्गत चौथो खेल मंगलबार र अन्तिम खेल विहीबार हुनेछ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]