default_image

3 months ago

November 17, 2024

सुदूरपश्चिम रोयल्सले र्‍याली गर्ने

94 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली सुदूरपश्चिम रोयल्सले सोमवार धनगढीमा र्‍याली आयोजना गर्ने भएको छ ।

सुदूरपश्चिमले धनगढीको चौराहदेखि रंगशालासम्म र्‍यालीको आयोजना गर्ने भएको हो । र्‍यालीमा टोलीका मार्की खेलाडी दिपेन्द्र सिंह ऐरी तथा खेलाडीहरु आरिफ शेख, विनोद भण्डारी लगायत टिममा आवद्ध भएका उपलब्ध हुने सबै खेलाडीको सहभागिता रहनेछ ।

र्‍यालीको तयारी पूरा भएको सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले बताए । खड्का अनुसार सुदूरपश्चिको पहिचानलाई थप उचाइमा पुर्‍याउन सुदूरपश्चिमले क्रिकेटको साथ लिएको बताए । उनले धनगढीमा उपलब्ध हुने सबै सुदूरपश्चिमेलीलाई र्‍यालीमा सहभागी भएर टिमको हौसला बढाउन आग्रह गरे ।

नेपाल क्रिकेट संघ(क्यान) को‌ आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म पहिलो संस्करणको सिद्धार्थ बैंक एनपिएल हुदैछ । सुदूरपश्चिमको मेन्टरमा अष्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक जगत टमाटा हुनहुन्छ ।

सुदूरपश्चिम रोयल्सको टोली – दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ अलि जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.