3 months ago
November 17, 2024
एजेन्सी – घरेलु टोली वेस्ट इण्डिजले इङग्ल्याण्डविरुद्धको चौथो टि ट्वान्टी आई खेलमा जित हासिल गरेको छ ।
घरेलु टोलीले आइतवार बिहान सकिएको खेल ५ विकेटले जितेको हो । खेल जितेपनि वेस्ट इण्डिजले सिरिज भने गुमाइसकेको छ ।
२ सय १९ रनको लक्ष्य वेस्ट इण्डिजले १९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । वेस्ट इण्डिजका इभेन लुईस तथा शाई होपले अर्धशतकीय इनिङ खेले ।
ओपनर लुईसले ३१ बलमा ४ चौका र ७ छक्काको सहयोगमा सर्वाधिक ६८ रन जोडे । पहिलो विकेटका लागि लुईस र अर्का ओपनर होपले १ सय ३६ रनको साझेदारी गरे । होपले २४ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ५४ रन बनाए ।
कप्तान रोभमन पावलले २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३८ तथा शरफन रादरफोर्डले १७ बलमा नट आउट २९ रन जोडे । इङ्ग्ल्याण्डका लागि रेहान अहमदले ३ तथा जोहन टर्नरले १ विकेट लिए ।
त्यसअघि ड्यारेन सामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गरेको थियो ।
जोकोब बेथहेल र फिल साल्डले अर्धशतकीय ईनिङ खेलेका थिए । बेथहेलले ३२ बलमा ४ चौका र ५ छक्काको सहयोगमा नट ओट ६२ रन जोडेका थिए । ओपनर साल्टले ३५ बलमा ५ चौका र ४ छक्काको सहयोगमा ५५ रन जोडेका थिए ।
कप्तान जस बटलरले २३ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३८, साम करनले १३ बलमा २४ तथा विल ज्याक्सले १२ बलमा २५ रन जोडेका थिए ।
वेस्ट इण्डिज गुणकेश मोटीले २ तथा अकिल होसेन र रोस्टन चेसले समान १ विकेट लिएका थिए । दुई देशबीचको पाँचौं टि ट्वान्टी आई सोमवार हुनेछ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]