default_image

3 months ago

November 16, 2024

चितवनको ट्यालेन्ट हन्ट- दोस्रो चरणमा ३५ खेलाडी छनोट

569 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजले ट्यालेन्ट हन्टबाट दोस्रो चरणमा ३५ छनोट गरेको छ।

राइनोजले चितवन मेडिकल कलेज (सिएमसी), कैलाशनगर भरतपुरमा आयोजना गरेको ट्यालेन्ट हन्टमा ४ सय ६० खेलाडी दर्ता भएको चितवनले जनाएको छ । तीमध्ये ३५ जनाको नाम ट्यालेन्ट हन्टमा छनोट गरिएको हो । अन्तिम छनोट आइतवार गौतम बुद्ध नमुना मैदानमा हुने बताइएको छ ।

दोस्रो चरणको छनोटपछि अन्तिम नाम सोही दिन टुंगो लाग्नेछ, सो नाम चितवन राइनोजले सोमवार चितवनमा कार्यक्रम आयोजना गर्दै सार्वजनिक गर्ने बताइएको छ । चितवन राइनोजका बलिङ प्रशिक्षक कलाम अली, अनुभवी ब्याटर शरद भेस्वाकर र प्राविधिक विश्लेषक राजन शाहले पहिलो चरणको ट्यालेन्ट हन्टको संयोजन गरेका थिए ।

कार्यक्रममा सिएमसीका अध्यक्ष डा हरिशचन्द्र न्यौपाने, सिएमसीका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटा, महानगरीय क्रिकेटका अध्यक्ष मनिष सापकोटा, वाग्मती प्रदेशका उपाध्यक्ष प्रेम क्षेत्री, क्रिकेट संघ चितवनका अध्यक्ष सुदीप पिया, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान राजू खड्का र वाग्मती क्रिकेट संघका अनिल अधिकारीलगायतको उपस्थिति थियो।

३५ मा परेका खेलाडी

१. रोबिन शर्मा, २. जितेन्द्र सहनी, ३. सन्दीप राजली, ४. सुनिल चन्द, ५. निकेश गुरुङ, ६. आशिष खरेल, ७. शिवान्श बजगाईं, ८. सुर्यान्श कोइराला, ९. रिजन काफ्ले, १०. अकिब अन्सारी, ११. राजेश कुमार, १२. गोविन्द बिके, १३. राहुल हक अन्सारी, १४. राकेश कामत, १५. विशाल खत्री, १६. स्वीकार श्रेष्ठ, १७. सौगात ढकाल, १८. सोनु देवकोटा, १९. अमोल कार्की, २०. बिधान न्यौपाने, २१. अश्विन थापा, २२. डेनिस इकबाल, २३. मनिष पुन, २४. कृजन गुरुङ, २५. सुवास खत्री, २६. रविनकुमार शर्मा, २७ सेरा जहवारी, २८. नरेश प्रधान, २९. योगराज शर्मा, ३० सोनु शर्मा, ३१. सोनु कुशवाह, ३२. सलाहुद्दीन खान, ३३. विशाल यादव, ३४. समीर चौलागाईं ३५. रोशन

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.