3 months ago
November 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) टोली पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत नवलपुरका सुदीप अर्याललाई आइकोनिक प्लेयरका रुपमा छनोट गरेको छ ।
पोखराले शुक्रवार अलराउण्डर सुदीप टोलीका लागि आइकोनिक प्लेयरको रुपमा छनोट गरेको जनाएको छ । अलराउन्डर सुदीप ट्यालेन्ट हन्टबाट छनोट हुने पहिलो आइकनिक प्लेयर बनेका छन्।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार गण्डकी हिरोज टिमका लागि उत्कृष्ट ५ खेलाडी छनोट गरेको छ । जसमा उत्कृष्ट रहँदै आइकनिक खेलाडी बनेका सुदीपले एनपिएल खेल्ने अवसर पाएका छन् ।
स्याङ्जाका सन्दिप खत्री, कास्कीका कृष्ण पौडेल र सोहेल कुँवर तथा तनहुँका सन्दिप पराजुली गण्डकी हिरोजका रुपमा छनोट भएका छन्।
नेपाल क्रिकेट संघ ( क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा आयोजना हुने एनपिएलका लागि पोखरामा नेपाली राष्ट्रिय टोलीका कुशल भुर्तेल मार्की खेलाडी छन्।
टिमका सल्लाहकार एवम् परामर्शदाताका रुपमा दक्षिण अफ्रिाकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स अनुबन्ध भइसकेका छन् । त्यस्तै चेन्नई सुपरकिंग्सका पूर्व ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमार मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध भइसकेका छन्।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]