default_image

3 months ago

November 15, 2024

आर्चर आइपिएल अक्सन सुचीमा अटाएनन्

3242 views

0 Bookmark

एजेन्सी – इङ्ग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर इण्डियन प्रिमियर लिग(आइपिएल) को अन्तिम अक्सन सुचीमा अटाएनन्।

आइपिएलले शुक्रवार जारी गरेको ५ सय ७४ जना अन्तिम खेलाडीको सुचीमा आर्चरले स्थान पाएनन् । अक्सनको अन्तिम सुचीमा ३ सय ६६ भारतीय र २ सय ८ जना विदेशी खेलाडी अटाउदा आर्चरले बनाउन सकेनन् ।

आर्चरले अक्सनको अन्तिम सुचीमा स्थान बनाउन नसक्दा इङ्ग्ल्याण्डका ४२ वर्षीय तीव्र गतिका बलर जेम्स एण्डरसनले भने स्थान बनाएका छन् ।

अन्तिम सूचीमा अस्ट्रेलियाका अलराउण्डर क्यामरून ग्रीन पनि परेनन् । हालै शल्यक्रिया पछि ग्रीन ६ महिना क्रिकेट मैदान बाहिर रहेका छन् ।

अक्सनका लागि सुरुमा १ हजार ५ सय ७४ खेलाडीले नाम दर्ता गराएका थिए । आइपिएल २०२५ को अक्सन मंसिर ९ र १० गते साउदी अरेबियामा हुँदैछ ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.