1 month ago
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संस्करणमा विभिन्न टोलीमा आवद्ध भएका तीन क्रिकेटर इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को अन्तिम अक्सन सुचीमा अटाएका छन् ।
आइपिएलले शुक्रबार जारी गरेको ५ सय ७४ जना खेलाडीको अन्तिम अक्सन सुचीमा एनपिएलमा आवद्ध तीन खेलाडीले स्थान बनाएका हुन् । आईपिएल अक्सनमा लुम्बिनी लायन्सका अमेरिकी उन्मुक्त चन्द, जनकपुर बोल्ट्सका किवी जिमी निशम र सुदुरपश्चिम रोयल्समा अनुबन्ध भएका स्कटिस खेलाडी ब्रान्डन मक्मलेन रहेका छन् ।
आइपिएल २०२५ को अक्सन सुचीमा तीन एसोसियटका खेलाडी समेत सुचीमा अटाएका छन् । सुचीमा रहेका एसोसिएटका तीन क्रिकेटरमा अमेरिकाबाट अलि खान र उन्मुक्त तथा स्कटल्याण्डका मक्मलेन रहेका छन् ।
आइपिएल २०२५ को अक्सन यही मंसिर ९ र १० गते साउदी अरेबियामा हुँदैछ ।
December 24, 2024
सुबास हुमागाईं, काठमाडौं यो तथ्यांक सरसर्ती हेर्दा कुनै तीव्र गतिको बलरको तथ्यांक जस्तो लाग्ला, तर बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले नेपाल प्रिमियर लिगका दौरान जनकपुर बोल्ट्सबाट खेल्दा गरेको प्रदर्शन हो यो । जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ५ विकेटले हराउँदै उपाधि जित्दा बलिङमा ललितको प्रदर्शन गजबको थियो । फाइनलमा टस जितेर ब्याटिङ रोजेको सुदूरले २ […]
December 24, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली अलराउण्डर कुशल मल्ल युएईमा आयोजना हुने आइएल टि ट्वान्टी लिग खेल्ने भएका छन् । नेपाली अलराउण्डर कुशललाई अनुबन्ध गरेको आइएल टि ट्वान्टीको टोली डेजर्ट भाइपर्सले सामाजिक सञ्जालमार्फत जनाएको छ । क्लबका अनुसार कुशलले घाइते भएका नेदरल्याण्ड्सका अलराउण्डर बास डि लिडेको स्थान लिने छन् । नेपालका अर्का अलराउण्डर दीपेन्द्रसिंह ऐरीलाई भने गल्फ […]
December 23, 2024
एजेन्सी – भारतले सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीका आफ्ना खेलहरु युएईमा खेल्ने भएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) का अध्यक्ष मोहसिन नक्वीले शेख नाह्यान अल मुबारकसँग भेट गरेपछि यो निर्णय लाई अन्तिम रुप दिइएको बताइएको छ। शेख नाह्यान युएईका वरिष्ठ मन्त्री र इमिरेट्स क्रिकेट बोर्डका प्रमुख पनि हुन् । पिसीबीका प्रवक्ता आमिर मीरका […]