default_image

3 months ago

November 15, 2024

एनपिएल मंसिर १६ मा नहुने, खेल तालिका केही दिनमा आउने

8669 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मंसिर १५ गते सुरु हुँदैछ ।

सुरु भएको भोलि पल्ट मंसिर १६ गते भने एनपिएलको खेल नहुने भएको छ। क्यानका सचिव पारस खड्काले मंसिर १६ मा उपनिर्वाचन रहेकाले त्यो दिन खेल नहुने जानकारी दिए।

मुख्य प्रयोजक तथा प्रत्यक्ष प्रसारण सम्बन्धि जानकारी दिन शुक्रवारर आयोजित कार्यक्रममा सचिव खड्काले सो जानकारी गराएका हुन् ।

‘हामीले सबै निकायसँग समन्वय गरेर केही दिनमा एपिएलको खेल तालिका सार्वजनिक गर्नेछौ ,’ उनले भने ‘मंसिर १६ गतेको उप निर्वाचन परेको छ। त्यसमा कीर्तिपुर नगरपालिकामा परेको छ । जिल्ला प्रशासन सँग समन्वय गरेर त्यस दिन खेल नगर्ने निणर्य गरेका छौं ।’

एनपिएलको मुख्य प्रायोजकमा भने सिद्धार्थ बैंक रहेको क्यानले पत्रकार सम्मेलन मार्फत जानकारी दियो । एनपिएलको नाम अब सिद्धार्थ बैंक एनपिएल रहनेछ। क्यानका सचिव खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपिएलको मुख्य प्रायोजक रहने जानकारी दिए।

खड्काले सम्झौता रकम नखुलाएपनि नेपाली खेलकुदमा कीर्तिमानी रकम भएको बताए। सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियाले सहकार्य गर्ने अवसर दिएकोमा क्यानलाई धन्यवाद। उनले ५ वर्षपछि पनि यो सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, स्टार स्पोर्टसले सिद्धार्थ बैंक एनपिएलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

क्यानले सोही पत्रकार सम्मेलनमा एनपिएल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जानकारी गराइएको हो ।

क्यानको आयोजना र ८ टोलीको सहभागितामा मंसिर १५ गते पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुनेछ ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.