3 months ago
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलन गर्दै सिद्धार्थ बैंकलर एनपिएलको मुख्य प्रायोजक गर्ने जानकारी दियो छ।
एनपिएलको नाम अब सिद्धार्थ बैंक एनपिएल रहनेछ। क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपिएलको मुख्य प्रायोजक रहने जानकारी दिए।
क्यानका सचिवले खड्काले सम्झौता रकम नखुलाएपनि नेपाली खेलकुदमा कीर्तिमानी रकम भएको बताए।
सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियाले सहकार्य गर्ने अवसर दिएकोमा क्यानलाई धन्यवाद। उनले ५ वर्षपछि पनि यो सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गरे ।
एनपिएलको स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने
स्टार स्पोर्टसले सिद्धार्थ बैंक एनपिएलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
क्यानले सोही पत्रकार सम्मेलनमा एनपिएल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जानकारी गराइएको छ।
क्यानको आयोजना र ८ टोलीको सहभागितामा मंसिर १५ गते पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुनेछ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]