default_image

3 months ago

November 15, 2024

हेमन्त र नरेन चम्कँदा नेपाल यू१९लाई सामान्य लक्ष्य

4253 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान हेमन्त धामी र स्पिनर नरेन साउदले उत्कृष्ट बलिङ गर्दा नेपाल यू१९ले कर्नाटकविरुद्ध जारी अभ्यास सिरिजको दोस्रो खेलमा सामान्य लक्ष्य पाएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ रोजेको कर्नाटक यू१९ले ३८.१ ओभरमा अलआउट हुनुअघि १ सय २१ रनमात्र जोड्यो । एक समय ९९-३ को स्थितिमा रहेको कर्नाटकले त्यसपछि सम्हालिन नसक्दा २२ रनको अन्तरमा ७ विकेट गुमायो ।

ओपनर प्रतिकले ३७ र रिशाभले ४० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन । तेस्रो ओभरमा गगन राव२ रन जोड्दै दयानन्द मण्डलको एलबीडब्लु धरापमा परे । आठौं ओभरमा हेमन्तले शिभलाई ८ रनमा विकेटकिपरबाट क्याच गराए ।

त्यसपछि प्रतिक र रिशभले तेस्रो विकेटका लागि ४८ रनको साझेदारी गरे । नरेनले प्रतिकलाई क्याच आउट गराएपछि कर्नाटकको विकेट पतन सुरु भएको थियो । उनी आउट हुँदा स्कोर ७०-३ रहेको थियो ।

२७ औं ओभरमा ९९-३ को स्थितिबाट नरेनले लगातार विकेट लिँदै कर्नाटकलाई १०८-७ को स्थितिमा पुर्याए । त्यसपछि हेमन्तले अन्तिम ३ विकेट लिँदै १ सय २१ रनमा अलआउट गरे ।

नरेनले आफ्नो १० ओभरको स्पेलमा ३ मेडनसहित २० रन खर्चेर ४ विकेट लिए । हेमन्तले ५.१ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ४ विकेट नै हात पारे । अर्को विकेट सन्तोष यादवको नाममा रह्यो ।

पहिलो खेलमा कर्नाटक १ विकेटले विजयी रहेको थियो । सिरिजको ५ खेल हरेक खेलपछि एक दिन विश्राममा हुनेछ ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.