3 months ago
November 15, 2024
एजेन्सी – घरेलु टोली वेस्ट इण्डिजविरुद्धको टि ट्वान्टी आईमा सिरिजमा पाहुना टोली इङ्ग्ल्याण्डले लगातार तेस्रो जित हासिल गरेको छ ।
इङ्ग्ल्यान्डले शुक्रवार भएको खेल ३ विकेटले जितेको छ । जितसँगै पाहुना टोलीले ५ खेलको टि ट्वान्टी आई सिरिज दुई खेल अगावै जितेको छ ।
१ सय ४६ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अलराउण्डर साम करनले २६ बलमा ३ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ४१ रन जोडे ।
लियम लिभिङ्गस्टोनले २८ बलमा ३९ तथा ओपनर विल ज्याक्सले ३३ बलमा ३२ रन बनाए ।
वेस्ट इण्डिजका अकिल होसेनले ४ तथा अल्जारी जोसेफ र गुणकेश मोटीले समान १ विकेट लिए ।
त्यसअघि ड्यारेन सामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रनको योगफल तयार गर्यो ।
कप्तान रोभमन पावेलले ४१ बलमा ३ चौका र ४ छक्काको सहयोगमा सर्वाधिक ५४ रन जोडे । रोमारिया शेफर्डले २८ बलमा ३० तथा अल्जारी जोसेफले १९ बलमा नट आउट २१ रन बनाए ।
इङ्ग्ल्यान्डका सकिब मोहम्मद र जेमी ओभरटनले समान ३ तथा जोफ्रा आर्चरले १ विकेट लिए । चौथो टि ट्वान्टी आई आइतवार हुनेछ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]