3 months ago
November 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा टोली बिहीवार स्वदेश फर्किएको छ ।
ऐतिहासिक सफलता दिलाउन सफल युवा महिला टिमलाई आज नेपाल क्रिकेट संघ (क्यान)ले त्रिभुवन विमानस्थलमा भव्य स्वागत गर्यो।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, क्यान अन्य पदाधिकारीहरू, राष्ट्रिय महिला टिमकी कप्तान इन्दु बर्मा, सिनियर खेलाडीहरू लगायतले टिमलाई स्वागत गरे। ब्यान्ड बाजा सहित नेपाली युवा टिमलाई स्वागत गरिएको थियो।
नेपाली महिला टिमले सन २००७ देखि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न सुरू गरेको हो। त्यसयता नेपाली महिला टिम विश्व कपमा पुगेको यो पहिलो पटक हो। त्यसैले नेपाली महिला क्रिकेटकै यो अहिलेसम्मकै ठुलो सफलता हो।
नेपाली महिला क्रिकेट टिमलाई पहिलो पटक विश्व कपमा पुर्याउन पाउँदा निकै गर्व लागेको कप्तान पुजा महतोले बताईन् ।
‘अब यु १९ विश्व कप र एसिया कपमा अझै सशक्त रूपमा अगाडि बढ्ने छौं,’ कप्तान महतोले भनिन् ‘यो पटकको स्वदेशमा भएको तयारी तथा भारतको दिल्लीमा प्रशिक्षणको अवसरले टिमलाई बढी सहयोग पुगेको थियो।’
उपकप्तान सोनी पाख्रिनले सबैको लक्ष्य छनोटको नै रहेको थियो।
‘कोचिङ स्टाफ र सम्पुर्ण खेलाडीको मिहिनेत तथा क्यानको सहयोगमा यो सफलता संभव भएको हो,’ उपकप्तान सोनीले भनिन् ‘घरेलु टोली युएईलाई हराउँदै ट्रफी जितेर विश्व कप र एसिया कपको लागि छनोट हुन पाउँदा निकै गर्व महशुश भएको छ।’
छनोटको अन्तिम तथा निर्णायक खेलमा बुधवार युएईमाथि ८ विकेटको सहज जित निकाल्दै नेपाली टोली पहिलो पटक महिला यु १९ विश्व कपमा स्थान बनाएको हो ।
विश्व कप आगामी बर्षको जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुदैछ । नेपालले विश्व कपमा स्थान बनाएसँगै अर्को महिना हुने एसिया कपमा समेत छनोट भएको छ ।
पहिलो संस्करणको यु १९ महिला एसिया कप मलेसियामा डिसेम्बर १५ देखि २२ सम्म आयोजना हुनेछ । यु १९ महिला एसिया कपमा नेपाल भारत र पाकिस्तानसँग एकै समूहमा परेको छ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]