3 months ago
November 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाललाई पहिलो पटक आइसिसी यु १९ महिला विश्व कपमा छनोट गराउन सफल टोलीलाई नगद सहित सम्मान गरिने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले विश्व कपमा नेपाललाई पुर्याउन सफल टोलीका खेलाडी तथा अफिसियलहरुलाई नगद सहित सम्मान गर्ने भएको छ ।
क्यानले बिहीवार एक विज्ञप्ती जारी गर्दै विश्व कपमा छनोट गराउन सफल खेलाडीलाई जनही २ लाख ५० हजार तथा अफिसियलहरुलाई जनही १ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
छनोटका लागि जित्नै पर्ने खेलमा बुधवार युएईलाई ८ विकेटलाई पराजित गर्दै आगामी वर्ष मलेसियामा हुने यु १९ महिला विश्व कपमा नेपालले पहिलो पटक स्थान बनाएको हो ।
विश्व कप आगामी बर्षको जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा आयोजना हुँदैछ । नेपालले विश्व कपमा स्थान बनाएसँगै अर्को महिना हुने एसिया कपमा समेत छनोट भएको छ ।
पहिलो संस्करणको यु १९ महिला एसिया कप मलेसियामा डिसेम्बर १५ देखि २२ सम्म आयोजना हुनेछ । यु १९ महिला एसिया कपमा नेपाल भारत र पाकिस्तानसँग एकै समूहमा परेको छ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]