3 months ago
November 14, 2024
काठमाडौं (हाम्रो खेल्किद) – कर्णाली याक्सले चर्चित भारतीय क्रिकेट खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ । आज बिहानै सामाजिक सञ्जाल मार्फत कर्णालीले धवनलाई टिममा आबद्ध गरेको जनाएको छ ।
कर्णालीबाट एनपिएल खेल्ने धवन र टोलीको स्वामित्व रहेको हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका जनक दत्त खनालबीच सम्झौता भएको पनि कर्णालीले उल्लेख गरेको छ ।
भारतीय क्रिकेट टिमको लागि एक दशक क्रिकेट खेलिसकेका धवन र कर्णालीबीच भारतमा नै सोमवार सम्झौता भएको सह मालिक गृहेन्द्र घिमिरेले जानकारी दिए । सम्झौता अनुसार धवनले कम्तिमा ४ खेल खेल्नेछन् । यसपछि यहाँको माहोलसँगै समय भएको खण्डमा थप खेल खेल्न सक्ने बताइएको छ।
खेल बाहेक धवन पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाने र एभरेष्ट बेस क्याम्प जाने कार्यक्रम हाललाई तय भएको छ । धवनसम्म पुग्न केहि कठिन भएपनि नेपाल सरकार र भारतीय राजदुतावासको सहयोगमा यो संभव भएको र यो सम्झौता कर्णाली याक्सको लागि मात्र नभएर नेपाली क्रिकेटको लागि नै गर्वको बिषय भएको घिमिरेले हाम्रो खेलकुदलाई बताए ।
पहिलो पटक नेपाल आउन लागेका धवनले नेपाली क्रिकेट र नेपालप्रति देखाएको उत्साहले कर्णाली याक्स थप हौसिएको पनि घिमिरेले जिकिर गरे ।
कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले शिखर धवन नेपाल आएर क्रिकेट खेल्नुलाई नै सफलताको रूपमा लिएका छन् । उनले धवनबाट आफुले पनि धेरै सिक्न सक्ने र यसले एनपिएलमा र खेलाडीहरूमा थप रौनक थपिने निश्चित रहेको बताए ।
विश्व क्रिकेटका चर्चित नाम शिखरले भारतको जर्सीमा तीन वटै फर्म्याटमा क्रिकेट खेलिसकेका छन् । भारतले एसिया कपको उपाधि जित्दा उनी टोलीका सदस्य थिए । उनले आईपिएलमा दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलिसकेका छन् ।
धवनले भारतको लागि ३२ टेष्टमा २ हजार ३ सय १३ रन बनाएका छन् । १ सय ६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा १ हजार ७ सय ५९ रन उनको नाममा रहेको छ ।
कर्णाली याक्सले चौथो विदेशी खेलाडीको रुपमा धवनलाई भित्र्याएको हो । यसअघि वेष्ट इन्डिजका चाडविक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई भित्र्याइसकेको छ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]