4 months ago
November 13, 2024
एजेन्सी – तिलक बर्माको शतकको सहयोगमा पाहुना टोली भारतले दक्षिण अफ्रिकालाई तेस्रो टि ट्वान्टी आईमा २ सय २० रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको सेन्चुरियनमा टस हारेर ब्याटिङको निम्तो पाएको पाहुनाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १९ रन बनाएको हो । भारतका लागि तिलकले ५६ बलमा ८ चौका र ७ छक्काको सहयोगमा नट आउट १ सय ७ रन जोडे । टि ट्वान्टी करियरको पहिलो शतक तिलकले ५१ बलमा पूरा गरेका थिए ।
ओपनर अभिषेक शर्माले २५ बलमा ३ चौका र ५ छक्काको सहयोगमा ५०, हार्दिक पाण्ड्याले १६ बलमा १८ तथा रमनदिप सिंहले ७ बलमा १५ रन जोडे ।
दक्षिण अफ्रिकाका लागि एडिन सिम्लाने र केशब महाराजले समान २ तथा मार्को यानसनले १ विकेट लिए ।
चार खेलको टि ट्वान्टी आई सिरिज १-१ को बराबरीमा छ । पहिलो खेल भारतले जित्दा दोस्रो खेल दक्षिण अफ्रिकाले जितेको थियो ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]