4 months ago
November 13, 2024
एजेन्सी – नेदरल्याण्ड्स ओमानसँग लगातार तेस्रो खेलमा पराजित भएको छ । नेदरल्याण्ड्स ओमानसँग केही दिन अघि भएको विश्व कप लिग टु को दुवै खेलमा पराजित भएको थियो ।
३ वटा टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा बुधवार ओमानले नेदरल्यान्ड्सलाई ८ विकेटले हरायो । योसँगै ओमानले टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता लिएको छ ।
१ सय ३९ रनको सामान्य लक्ष्य ओमानले १९.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । ओमानका लागि हमिद मिर्जाले ४२ बलमा ५ चौका र ३ छक्काको सहयोगमा नट आउट ६२ रन जोडे ।
सफियान मोहम्मदले ३९ बलमा ३७, आशिष ओडाराले १३ बलमा १४ तथा कप्तान जतिन्दर सिंहले ७ बलमा १२ रन बनाए।
नेदरल्याण्ड्सका लागि राफेन भान डर मिर्वेले ३, टिम भार डर गुग्टेनले २ तथा कोलिन एकरमन र आर्यन दत्तले समान १ विकेट लिए ।
त्यसअअघि ओमानको मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको योगफल तयार गरेको थियो ।
नेदरल्याण्ड्सका लागि कोलिन एकरमनले ३१ बलमा ३४, नोह कोर्सले २० बलमा नट आउट ३३ तथा बास डि लिडेले २४ बलमा १६ रन जोडे । ओमानका लागि मुजाहिर राजाले ३ तथा आमिर कलिमले २ विकेट लिए ।
दुई देशबीचको दोस्रो टि ट्वान्टी आई बिहीवार हुँदैछ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]