4 months ago
November 13, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युनाइटेड अरब इमिरेट्स(युएई) लाई हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपका लागि छनोट भएको छ ।
युएईको अजमानमा बुधवार घरेलु टोलीमाथि ८ विकेटको जित हात पार्दै नेपालले विश्व कपमा स्थान बनाएको हो । विश्वकप २०२५ जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुनेछ । सन् २०२३ मा भएको विश्व कपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन ।
८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्व कपमा स्थान बनाएको हो ।
नेपालको जितमा ओपनर साना प्रविनले ४२ बलमा सर्वाधिक नट आउट ३५ तथा कप्तान पुजा महतोले १८ बलमा ४ चौकाको सहयोगमा १८ रन जोडिन् ।
ओपनर सावित्री धामीले ९ बलमा १२ तथा सोनी पाख्रीनले १९ बलमा नट आउट १३ रन जोडिन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रनको योगफल तयार गरेको थियो ।
नेपालले विश्वकपमा छनोट हुन यो लक्ष्य १६.२ ओभरमा पूरा गरे पुग्ने समिकरण रहेको थियो ।
युएईका लागि कप्तान समाइरा धारनीधार्काले ४८ बलमा सर्वाधिक ३१ , रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले समान १० रन जोडिन् ।
एक समय ५९ रनमा २ विकेट गुमाएर बलियो स्थितीमा रहेको युएईले २४ रन जोड्दा ७ विकेट गुमायो ।
नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए । कप्तान पुजा महतोले ४ ओभरमा मात्र ११ रन खर्चेर उत्कृष्ट बलिङ गरिन् ।
यु १९ टि ट्वान्टी विश्व कप आगामी वर्षको १८ जनवरी देखि २ फेब्रुवरी सम्म मलेसियामा आयोजना हुदैछ । नेपाल विश्व कपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ ।
विश्व कपमा नेपालले पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध खेल्नेछ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]