default_image

4 months ago

November 13, 2024

कर्नाटकविरुद्ध नेपाल यू१९ को कमजोर ब्याटिङ

5407 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी यू१९ एसिया कपको तयारीमा रहेको नेपाल यू-१९ टोलीले कर्नाटक यू१९ विरुद्ध पहिलो खेलमा कमजोर ब्याटिङ गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा बुधबार टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २७.२ ओभरमा अलआउट हुँदै १ सय १३ रनमात्र जोड्न सक्यो । मध्यक्रमले बिर्सनलायक ब्याटिङ गरेपछि नेपाल कम स्कोरमा समेटियो । कर्नाटकका स्पिनर इसा पुथिगेले ५ विकेट लिँदै कर्नाटकलाई बलियो बनाएका थिए ।

नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक २७ रन जोडे । उनले ५३ बलमा ४ चौका प्रहार गरेका थिए । १४ औं ओभरमा आकाश आउट हुँदा नेपाल ५७-३ को अवस्थामा थियो । तर त्यसपछि स्पिनरविरुद्ध निरन्तर विकेट खस्दा नेपाल संकटमा पर्यो ।

ओपनर अर्जुन कुमाल ६ रन जोड्दै पाँचौ ओभरमा आउट भएका थिए भने नरेन भत् १ रन जोड्दै सातौं ओभरमा पेभेलियन फर्किए । आकाश र सन्तोषले २८ रनको साझेदारी गर्दै केहीबेर इनिङ सम्हाले ।

१६ औं ओभरको अन्तिम २ बलमा सन्तोष यादव (१०) र रोशन विक (०) लगातार बलमा आउट भए । लगत्तै १७ औं ओभरको दोस्रो बलमा उत्तम मगर पनि खाता नखोली फर्किए ।

दिलसाद अली १ रन जोड्दै आउट भएपछि नेपाल ८१-७ को अवस्थामा पुगेको थियो । तल्लोक्रममा नरेन साउदले १३ रन र युनिश ठकुरीले १२ रन जोड्दै नेपाललाई १ सय रनको आँकडा पार गराए ।

कर्नाटकका पुथिगेले ८ ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ५ विकेट लिए । तेजसले २ विकेट लिँदा मनोज, प्रणव र ध्रुवले १-१ विकेट लिए ।

५ खेलको सिरिजको सबै खेल मुलपानी क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.