default_image

4 months ago

November 12, 2024

च्याम्पियन्स ट्रफि पछि सन्न्यास लिँदै नाबी

1100 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानका भेट्रान अलराउण्डर मोहम्मद नाबीले सन् २०२५ को च्याम्पियन्स ट्रफीपछि ओडिआई क्रिकेटबाट सन्न्यास लिने बताएका छन्।

संयुक्त अरब इमिरेट्स (युएई) मा सोमवार बंगलादेशविरुद्धको सिरिज जितेपछि नाबीले आफ्नो योजना सार्वजनिक गरेका हुन् । अफगानिस्तानले बंगलादेशविरुद्धको सिरिज २–१ ले जित्दा नाबी प्लेयर अफ द सिरिज बनेका थिए ।

‘मैले गएको वर्ष भएको ओडिआई विश्व कपबाट सन्यास लिने मनसाय बनाएको थिए । तर, पछि हामी च्याम्पियन्स ट्रफीका लागि छनोट भयौं,’ नाबीले खेल पछि भने ‘हाम्रो लागि ऐतिहासिक रहेको च्याम्पियन्स ट्रफी खेलेर सन्न्यास लिने मनसाय बनाए ।’

नाबीले आफ्नो निर्णयबारे अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) लाई जानकारी गराइसकेका छन् । नाबीले टि ट्वान्टी आई खेल लाई निरन्तरता दिने बुझिएको छ ।

नाबीले १ सय ६७ ओडिआई खेल खेलिसकेका छन् । नाबी अफगानिस्तानका सर्वाधिक ओडिआई खेल्ने खेलाडी हुन् । नाबी अहिले ओडिआई वरियताको अलराउण्डरतर्फ शीर्ष स्थानमा छन् ।

नाबीले सन् २००९ मा स्कटल्यान्डविरुद्धको पहिलो ओडिआई खेल खेलेका थिए। उनले ओडीआई ३ हजार ६ सय बनाएका छन् । अफगानिस्तानको सबैभन्दा बढी रन बनाउने खेलाडीको सूचीमा उनी दोस्रो स्थानमा छन् । सुचीको शीर्ष स्थानमा रहमत शाह छन् ।

नाबीले ओडिआईमा २७.४८ को औसतमा १७ अर्धशतक र दुई शतक प्रहार गरेका छन् । अफ स्पिनरको रूपमा नाबीले ३२.४७ को औसतमा १ सय ७२ विकेट लिएका छन्। त्यो अफगानिस्तानका लागि दोस्रो उच्च विकेट हो । सर्वाधिक विकेट लिने खेलाडी शीर्ष स्थानमा राशिद खान रहेका छन् ।

सन् २०२५ को च्याम्पियन्स ट्रफी अफगानिस्तानको पहिलो सहभागिता हुनेछ । २०२३ मा भारतमा भएको ओडिआई विश्व कपमा छैटौं स्थान हासिल गर्दै अपगानिस्तानले यो सफलता प्राप्त गरेको हो ।

च्याम्पियन्स ट्रफी २०२५ मा आयोजक पाकिस्तानसहित ओडिआई विश्व कप २०२३ का शीर्ष सात टोली सहभागी हुनेछन् ।

नाबीले २०१५ मा पहिलो पटक अफगानिस्तानले सहभागीता जनाउको ओडिआई विश्व कपमा कप्तानको भूमिका निर्वाह गरेका थिए । उनले २०१९ मा टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.