4 months ago
November 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कप एसिया छनोटमा कप्तान पूजा महतोको कीर्तिमानी शतक तथा महत्वपुर्ण ५ विकेटको सहयोगमा नेपालले कुवेतलाई , सहजै पराजित गरेको छ ।
नेपालले कुवेतलाई मंगलवार १ सय ६५ रनले पराजित गर्यो । २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले १३ ओभरमा अल आउट हुँदै ४८ रन मात्र बनाउन सक्यो ।
कुवेतका लागि कप्तान जिफा जिलानीले ४२ बलमा ३६ रन बनाउन काहे अन्यले दोहारो अंकमा रन बनाउन सकेनन् । कुवेतका ८ खेलाडीले रनको खाता खोल्न सकेनन् ।
नेपालका लागि कप्तान पूजाले ४ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिइन् । रचना चौधरी र सिमाना केसीको नाममा समान २ विकेट रह्यो ।
त्यसअघि युएईको अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रनको विशाल योगफल तयार गर्यो ।
प्रतियोगिताको इतिहासमा नै पहिलो शतक बनाएकी पूजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १ सय ३० रन बनाइन् । पूजाले ५७ बलमा १२ चौकाको सहयोगमा शतक पूरा गरेकी थिइन्।
प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा कुनै पनि खेलाडीले शतक पूरा गरेको यो पहिलो पटक हो ।
यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतवार कुवेतविरुद्ध नै युएईकी लाभन्या केन्याले बनाएकी थिइन् । उनले ९९ रन बनाएकी थिइन् ।
पूजाको शतक नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा बनेको दोस्रो शतक हो । गत फेब्रुअरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुविना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक बनाएकी थिइन् । यू १९ महिला क्रिकेटमा भने पूजाको शतक नै पहिलो शतक हो ।
पूजाले नेपाली महिला क्रिकेटको एकै खेलमा बनेको सर्वाधिक रन समेत हो । रुविनाले सोहि खेलमा ५९ बलमा १ सय १८ रन बनाएकी थिइन् ।
सोनी पाख्रिनले ३३ बलमा २ चौकाको सहयोगमा ४३ रन जोडिन् । सावित्री धामीले ११ तथा साना प्रविनले ६ रन बनाइन् । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले समान १ विकेट लिए ।
कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालको अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।
डबल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]