4 months ago
November 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल यु १९ राष्ट्रिय टोलीले एसिया कप अघि ५ वटा ५० ओभरको अभ्यास खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले अभ्यास खेलको तालिका मंगलवार सार्वजनिक गरेको हो । नेपाली युवा टोलीले भारतको कर्नाटका यु १९ सँग ५ वटा अभ्यास खेल खेल्नेछ ।
अभ्यास खेल बुधवारबाट अर्को साताको बिहीवार सम्म जारी रहने छ । कर्नाटका यु १९ सँगको सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । त्यसपछि यु १९ एसिया कपमा सहभागी हुन नेपाली टोली युएई जानेछ ।
अभ्यास सिरिजको खेल तालिका यसप्रकार रहेको छ :
पहिलो खेल मंसिर २८ गते बुधवार
दोस्रो खेल मंसिर ३० गते शुक्रवार
तेस्रो खेल मंसिर २ गते आइतवार
चौथो खेल मंसिर ४ गते मंगलवार
पाँचौ खेल मंसिर ६ गते बिहीवार
एसिया कप मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । एसिया कपमा ८ राष्ट्रको सहभागीता हुँदैछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।
नेपाली यु १९ क्रिकेट टोली
हेमन्त धामी (कप्तान), अर्जुन कुमाल(उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार।
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]