default_image

4 months ago

November 12, 2024

महिला यु १९ विश्व कप छनोट – नेपाल र कुवेत खेल्दै

1479 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कपको एसिया छनोटमा नेपालले आफ्नो पाँचौं खेलमा आज कुवेतको सामना गर्दैछ ।

युएईको अजमानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे खेल सुरु हुनेछ । नेपाल प्रतियोगितामा चौथो जितको खोजीमा रहेको छ ।

नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रोमा कुवेतलाई १ सय ८ रनले पराजित गरेको थियो । तेस्रो खेलमा भने युएईसँग १३ रनले पराजित भएको नेपालले चौथो खेलमा थाइल्याण्डलाई १ सय ६ रनले हराएको थियो ।

उता, कुवेत भने प्रतियोगितामा पहिलो जितको खोजीमा छ । कुवेतले प्रतियोगितामा खेलेको सबै चारै खेलमा हार बेहोरेको छ ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्याण्डको सहभागिता छ । नेपालले पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसँग रहेको छ।

डबल राउण्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको शीर्ष टोली विश्व कपका लागि छनोट हुनेछ । विश्व कप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

नेपाली टोली

सोनी पाख्रिन, मनिषा उपाध्याय, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.