default_image

4 months ago

November 12, 2024

बंगलादेशविरुद्धको सिरिज अफगानिस्तानलाई

790 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले बंगलादेशविरुद्धको ओडिआई सिरिज जितेको छ ।

तेस्रो ओडिआईमा सोमवार ५ विकेटको जित निकाल्दै अफगानिस्तानले ३ खेलको ओडिआई सिरिज २-१ ले जितेको हो ।

अफगानिस्तानले पहिलो र तेस्रो ओडिआई खेल जित्दा बंगलादेशले दोस्रो ओडिआई जितेको हो । २ सय ४५ रनको लक्ष्य अफगानिस्तानले ४८.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

अफगानिस्तानको जितमा ओपनर रहमानुउल्लाह गुर्वाजले शतक प्रहार गरे । उनले १ सय २० बलमा ५ चौका ७ छक्काको सहयोगमा १ सय १ रन बनाए । ओडिआई करियरको आठौं शतक उनले १ सय १७ बलमा पूरा गरे ।

प्लेयर अफ द म्याच चुनिएका अजमतुल्लाह उमरजाइले ७७ बलमा ३ चौका र ५ छक्काको सहयोगमा नट आउट ७० रन जोडे । मोहम्मद नावीले २७ बलमा नट आउट ३४ रन जोड्दा सेदिउल्लाह अतलले १४ रन बनाए ।

बंगलादेशका लागि नहिद राना र मुस्ताफिजुर रहमानले समान २ तथा कप्तान मेहेदी हसन मिराजले १ विकेट लिए ।

त्यसअघि शारजहा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो ।

बंगलादेशका लागि महमुदुल्लाहले ९८ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ९८ तथा कप्तान मेहेदी हसन मिराजले १ सय १९ बलमा ४ चौकाको सहयोगमा ६६ रन बनाए ।

ओपनर सौम्य सरकारले २४ तथा अर्का ओपनर तन्जित हसनले १९ रन जोडे । अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले ४ तथा मोहम्मद नावी र राशिद खानले समान १ विकेट लिए ।

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.