default_image

2 months ago

November 11, 2024

पाकिस्तानका मक्सुद जनकपुरबाट खेल्ने

1333 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तानका क्रिकेटर सोयब मक्सुदले जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण खेल्ने भएका छन् ।

जनकपुरले पाँचौ विदेशी खेलाडीको रुपमा पाकिस्तानका ब्याट्सम्यान मक्सुदलाई टोलीमा अनुबन्ध गरेको सोमवार सामाजिक संजालमार्फत जनाएको छ ।

३७ वर्षिय मक्सुदले पाकिस्तानका लागि २९ ओडिआई तथा २६ टि ट्वान्टी आई खेलेका छन् । मक्सुदले १ सय ७० टि ट्वान्टीमा ३ हजार ९ सय २८ रन बनाएका छन् ।

जनकपुरले यसअघि न्युजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुवा ट्रम्प, अमेरिकाका मोहम्मद मोहसिन र अर्का अमेरिकी क्रिकेटर लाहिरु मिलन्थालाई अनुबन्ध गरेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याटर आसिफ शेख मार्की खेलाडी रहेको जनकपुरमा पुबुदु दासानायके मुख्य प्रशिक्षकको जिम्मेवारीमा छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ ।

जनकपुर बोल्ट्सको टोली

आसिफ शेख, अनिलकुमार शाह, ललितनारायण राजवंशी, रुपेश सिंह, अरनिको यादव, शुभ कशांकार, तुल बहादुर थापा, किशोर महतो शेर मल्ल, हेमन्त धामी, आकाश त्रिपाटी, जिमी निशम, जोशुवा ट्रम्प, मोहम्मद मोहसिन, लाहिरु मिलन्था र सोयब मक्सद।

January 13, 2025

नेपाल अभ्यास खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। सिमाना केसीले […]

January 13, 2025

नेपालले पायो मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- महिला यु १९ टि ट्वान्टी विश्व कपका सहभागी टोलीबिचको अभ्यास खेलमा नेपालले वेस्ट इन्डिजबाट जितका लागि १ सय १० रनको लक्ष्य पाएको छ। मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको हाे। वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक […]

January 13, 2025

दीपेन्द्र र कुशलले पहिलो खेलमा मौका पाएनन्

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]

Success

Thank you for your time.