default_image

4 months ago

November 11, 2024

अभिनेता हमाल लुम्बिनी लायन्सको ब्रान्ड एम्बेसडर

833 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग ( एनपिएल) मा सहभागी टिम लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।

आज आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सम्झौता एक वर्षको लागि भएको हो भने दुवै पक्षले रकमबारे खुलाउन चाहेनन्।

सम्झौता पत्रमा हस्ताक्षर गरेपछि ब्रान्ड एम्बेसडरको जिम्मेवारीलाई टिमसँग भावनात्मक रूपमा जोडिएको बताए।
हमाललेले भारतमा पढ्दा भारतीय पूर्व कप्तान कपिल देव पढेको कलेजमा पढेपनि क्रिकेटले कहिले तान्न नसकेको र नेपालले खेल्न थालेपछि क्रिकेट खेल प्रति आकर्षित बढेको जिकिर गरे। उनले कप्तान रोहित पौडेल र लिजेन्ड शक्ति गौचनलाई भेट्न पाउँदा खुशी लागेको बताए।

मार्की खेलाडी रोहित पौडेलले राजेश हमाल लुम्बिनीको ब्रान्ड एम्बेसडर हुनुभएसँगै टिमलाई नै प्रेरणा मिल्ने बताउँदै उहाँ लुम्बिनीको मात्र नभएर देशको नै ब्रान्ड एम्बेसडर भएको बताए।

रोहितले लुम्बिनी प्रदेशकै भएको र लुम्बिनीसँग जोडिन पाउँदा खुशी लागेको भन्दै टिमले सबै किसिमको सहयोग गरेको र अब टिमले सोही अनुसार प्रदर्शन गर्नुपर्ने बताए।

लुम्बिनी लायन्स टिम

रोहितकुमार पौडेल, आसुतोष घिरैया, सुर्य तामाङ, दिनेश अधिकारी, विवेक यादव, दुर्गेश गुप्ता, तिलक राज भण्डारी, अभिषेश गौतम, सन्दीप जोरा, अर्जुन साउद, विकास आग्री, टम मुर्स, बेन कटिङ र उन्मुक्त चन्द

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ । लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ […]

Success

Thank you for your time.