4 months ago
November 10, 2024
एजेन्सी – दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टि ट्वान्टी आईमा पाहुना टोली भारत सामान्य योगफलमा समेटिएको छ ।
भारतले आइतवार घरेलु टोलीलाई जितका लागि १ सय २५ रनको सामान्य लक्ष्य दिएको छ ।
सेन्ट जर्ज पार्क, ग्केबेरामा टस हारेर ब्याटिङको निम्ता पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन सक्यो ।
भारतका लागि हार्दिक पाण्ड्याले ४५ बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट रहँदै सर्वाधिक ३९ रन बनाए ।
अक्षर पटेलले २१ बलमा ४ चौकाको सहयोगमा २७, तिलक बर्माले २० बलमा २० तथा अर्शदिप सिंहले नट आउट ७ रन जोडे ।
भारतका लागि पहिलो टि ट्वान्टी आईमा शतक बनाएका ओपनर सन्जु स्यामसन पहिलो ओभरमा नै रनको खाता नखोल्दै आउट भए ।
अर्का ओपनर अभिषेक शर्मा ४ रन बनाउँदै दोस्रो ओभरमा आउट भए । कप्तान सूर्यकुमार यादवले ४ रन मात्र जोड्न सके ।
दक्षिण अफ्रिकाका लागि मार्को यानसन, जेरार्ड कोट्जे, एण्डिल सिमलाने, कप्तान एडेन मारकम र पिटरले समान १ विकेट लिए । पहिलो टि ट्वान्टी आईमा भारत ६१ रनले विजयी भएको थियो ।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]