default_image

4 months ago

November 10, 2024

एनपिएल गर्न बाटो खुल्यो, सर्वोच्चले दिएन अन्तरिम आदेश

3303 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) लाई नेपाल प्रिमियर लिग (एनपिएल) आयोजनाका‌ लागि बाटो खुलेको छ।

एनपिएल रोकी पाउ भनि आमिर अख्तरले दायर गरेको मुद्दामा आइतवार सुनुवाई गर्दै सर्वोच्च अदालतले कारण देखाउ र अन्तरिम आदेश दिन नपर्ने भनेपछि एनपिएल आयोजनाका लागि बाटो खुलेको हो।

एनपीएलमा आफ्नो अधिकार दाबी गर्दै  अख्तरले  कात्तिक २३ गरे रिट दायर गरेका थिए । आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले उक्त मुद्दामा विपक्षी क्यानसँग लिखित जवाफ माग गरेको छ ।

जोरा स्पोर्टस् म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गर्दा एनपिएल आयोजना रोक्न अन्तरिम आदेश पनि माग गरेका थिए, तर सर्वोच्चले अन्तरिम आदेश भने दिएन ।
क्यानले मंसिर १६ देखि पुस ६ गतेसम्म एनपिएल आयोजना गर्ने घोषणा गरेको थियो। विगतमा नेपाल प्रिमियर लिग  नाममा प्रतियोगिता आयोजना गर्ने तयारी गरेका थिए ।

एनपिएल नाममा आफ्नो दाबी गर्दै अख्तरले गत महिना क्यानलाई सहमति गर्न ७ दिनको अल्टिमेटम दिएका थिए। अख्तरले आफू अदालतको आदेशको सम्मान गर्ने बताएका छन्।

‘मलाई अन्याय भयो भनेर अदालत गएको हु । निर्णय मेरो पक्ष वा विपक्ष जस्तो आएपनि म त्यसको सम्मान गर्छु। यसमा म दुःखी छैन,’ अख्तरले भने ।

एनपिएलका सहभागी ८ टोलीले खेलाडी अनुबन्ध गर्नेलगायत अन्य तयारी अघि बढाइरहेका छन्।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.