default_image

4 months ago

November 10, 2024

२२ वर्ष पछि पाकिस्तानले अस्ट्रेलियामा सिरिज जित्यो

859 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले अस्ट्रेलियामा २२ वर्ष पछि ओडिआई सिरिज जितेको छ ।

आईतवार सम्पन्न तेस्रो ओडिआई खेलमा ८ विकेटको सहज जितका साथ पाकिस्तानले तीन खेलको ओडिआई सिरिज २-१ ले जितेको हो । पहिलो ओडिआई अस्ट्रेलियाले जितेको थियो । पाकिस्तानले दोस्रो र तेस्रो खेलमा जितका साथ सिरिज आफ्नो बनाएको हो ।

अस्ट्रेलियाले दिएको १ सय ४१ रनको सहज लक्ष्य पाकिस्तानले २६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा सैयम अयुबले ५२ बलमा ४ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ४२ रन तथा अब्दुल्लाह सफिकले ५३ बलमा ३७ रन जोडे । कप्तान मोहम्मद रिजवानले २७ बलमा १ चौका र २ छक्काको सहयोगमा नट आउट ३० तथा बाबर अजामले ३० बलमा ४ चौकाको सहयोगमा २८ रन बनाए । अस्ट्रेलियाका लागि लान्स मोरिसले २ विकेट लिए ।

त्यसअघि अस्ट्रेलियाको पर्थमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ३१.५ ओभरमा अल आउट हुदै १ सय ४० मा समेटियो । टोलीका लागि सन एबटले ४१ बलमा सर्वाधिक ३०, माथ्यु शर्टले २२, एडम जाम्पाले १३ तथा स्पेन्सर जोनसन र आरोन हार्डिले समान १२ रन बनाए ।

पाकिस्तानका लागि शाहिन शाह अफ्रिदी र नसिम शाहले समान ३ विकेट लिए । प्लेयर अफ द म्याच तथा सिरिज भएका हरिस रउफले २ तथा मोहम्मद हसाइनले १ विकेट लिए ।

कप्तानको रुपमा रिजवानले २२ वर्ष पछि पाकिस्तानलाई अस्ट्रेलियामा सिरिज जिताएका हुन् । दुई देशबीच तीन खेलको टि ट्वान्टी आई सिरिज बिहविारबाट सुरु हुनेछ ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.