default_image

4 months ago

November 10, 2024

साल्टको शतकमा इङ्ग्ल्याण्डको सहज जित

1050 views

0 Bookmark

एजेन्सी – ओपनर फिल साल्टको शतकको सहयोगमा घरेलु टोली वेस्ट इण्डिजमाथि इङ्ग्ल्याण्डले पहिलो टि ट्वान्टी आईमा सहज जित हासिल गरेको छ ।

आइतवार बिहान भएको खेलमा वेस्ट इण्डिज पाहुना टोलीसँग ८ विकेटले पराजित भएको हो । जितसँगै ३ खेलको टि ट्वान्टी आई सिरिजमा पाहुना टोलीले १-० को अग्रता बनाएको छ ।

१ सय ८३ रनको लक्ष्य इङ्ग्ल्यान्डले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । टोलीका ओपनर साल्टले ५४ बलमा ९ चौका र ६ छक्काको सहयोगमा नट आउट १ सय ३ रनको इनिङ खेले ।

२८ बर्षिय साल्टले टि ट्वान्टी आई करियरको तेस्रो शतक ५३ बलमा पूरा गरेका थिए । साल्टले तीनै शतक क्यारेबियनमा नै पूरा गरेका हुन् ।

साल्टले तेस्रो विकेटका लागि ज्याकोब बेथहेलसँग मिलेर १ सय ७ रनको नट आउट विजयी साझेदारी गरेका थिए ।

बेथहेलले ३६ बलमा ५ चौका र २ छक्काको सहयोगमा नट आउट ५८ रन बनाएका थिए । ओपनर विल ज्याक्सले १० बलमा १७ रन जोड्दा कप्तान जस बटलरले भने रनको खाता खोल्न सकेनन् ।

वेस्ट इण्डिजका गुणकेश मोटी र रोमारियो शेफर्डले समान १ विकेट लिए ।

त्यसअघि बारबाडोसस्थित किंग्स्टन ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८२ रनको योगफल तयार गरेको थियो ।

घरेलु टोलीका विकेट किपर निकोलस पुरनले २९ बलमा २ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ३८, रोमारियो शेफर्डले २२ बलमा ३ चौका र २ छक्काको सहयोगमा नट आउट ३५ रन जोडेका थिए ।

गुणकेश मोटीले १४ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाउदा कप्तान रोभमन पावेलले १० बलमा १८ रन बनाएका थिए ।

इङ्ग्ल्याण्डका सकिब मोहम्मदले ४, आदिल राशिदले ३ तथा जेम ओभरटन र लियम लिविङस्टोनले समान १ विकेट लिए । दुई देशबीचको दोस्रो टि ट्वान्टी आई खेल सोमवार बिहान रहेको छ ।

February 27, 2025

सान्त्वना जितको लागि भिड्दै पाकिस्तान र बंगलादेश

एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]

February 26, 2025

अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड बाहिरियो

एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]

February 26, 2025

केपिएलको उपाधि भिमदत्तलाई

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]

Success

Thank you for your time.