4 months ago
November 9, 2024
एजेन्सी – विश्व कप लिग टु मा युएई फेरि पनि पराजित भएको छ । शनिवार भएको त्रिकोणात्मककाे सिरिजको खेलमा नेदरल्यान्ड्ससँग युएई ६७ रनले पराजित भएको हो ।
जितका लागि २ सय ४२ रनको लक्ष्य पछ्याएको युएई ४५.२ ओभरमा १ सय ७४ रन बनाउँदै अल आउट भयो । युएईका लागि अली नासिरले ३९ बलमा सर्वाधिक ४५, कप्तान राहुल चोपराले ६३ बलमा ४३ तथा ओपनर तनिश सुरीले ३३ बलमा ४५ रन बनाए । नेदरल्यान्ड्सका लागि रोफेल भान डर मिर्वे, आर्यन दत्त र कायल क्लेनले समान ३ तथा कोलिन एकरमनले १ विकेट लिए ।
त्यसअघि ओमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४१ रनको योगफल तयार गरेको थियो । नेदरल्यान्ड्सका लागि विक्रमजित सिंह र म्याक्स ओ डाउडले अर्धशतक बनाएका थिए । ओपनर म्याक्सले ९५ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६९ रन जोडे ।
पहिलो विकेटका लागि म्याक्सले अर्का ओपनर सिंहसँग मिलेर १ सय ४० रनको साझेदारी गरे । सिंहले ८७ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६६ रन बनाएका थिए । नोआ क्रोसले २० बलमा २४, कोलिन एकरमनले २५ बलमा २१ तथा बास डि लिडेले १८ रन जोडेका थिए । युएईका लागि जुनैद सिद्धिकीले ३ तथा अलि नासिरले २ विकेट लिए ।
८ राष्ट्रको सहभागिता रहेको लिगमा जितसँगै नेदरल्यान्ड्स ११ खेलमा १४ अंकका साथ तेस्रो स्थानमा छ । युएई १२ खेलमा ४ अंकका साथ तालिकाको पुछारमा छ । नेपाल १२ खेलमा ६ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
२०२७ सम्म चल्ने लिगमा शीर्ष ४ देशले ओडिआई विश्व कपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । बाँकी ४ देशले ग्लोबल छनोटमा स्थान बनाउन प्लेअफ खेल्नु पर्ने हुन्छ ।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]