4 months ago
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यु १९ राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका शक्ति गौचनलाईले धेरै खुसी हुने भन्दा पनि जिम्मेवारी थपिएको महसुस गरको बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार एसिया कपको लागि हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गर्दा मुख्य प्रशिक्षकको जिम्मेवारी गौचनलाई दिएको हो ।
‘जिम्मेवारी पाउँदा खुसी त लागि हाल्छ । यो खुसी हुने भन्दा पनि मलाई ठूलो जिम्मेवारी थपिएको महसुस गरेको छु ,’ गौचनले हाम्रो खेलकुदसँग भने ‘संघले जुन विश्वासका साथ मलाई जिम्मेवारी दिनु भएको छ । त्यसलाई सफल बनाउने मेरो प्रयास रहनेछ ।’
केही दिनअघि सकिएको यु १९ राष्ट्रिय क्रिकेटमा शक्ति मुख्य प्रशिक्षक रहेको लुम्बिनी प्रदेश दोस्रो भएको थियो । सन् २०१८ मा सक्रिय खेल जीवनबाट सन्यास लिएपछि गौचन रुपन्देहीमा आफ्नै क्रिकेट एकेडेमी संचालन गर्दै आएका छन् ।
नेपाली यु १९ टोलीका पूर्व कप्तान समेत रहेका गौचनले दुई दशकपछि सोही टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । यसअघि यु १९ टिमका मुख्य प्रशिक्षकमा जगत टमाटा रहेका थिए । गौचनले पहिलो पटक कुनै पनि राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन् ।
गौचन २०२१ को एभरेष्ट प्रिमियर लिग(इपिएल) मा पोखरा राइनोजकाे बलिङ प्रशिक्षकमा रहेका थिए । अर्को महिना हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा उनी लुम्बिनी लायन्सले कन्सल्ट्यान्ट कोचको रुपमा रहेका छन् ।
एसिया कप मंसिर १४ देखि २३ गतेसम्म युएईमा आयोजना हुँदैछ । एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन् ।
प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए । नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तानसँग रहेको छ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा पुग्नेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।
नेपाली यु १९ टोली
हेमन्त धामी (कप्तान), अर्जुन कुमाल(उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]