4 months ago
November 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा अर्को महिना युएईमा हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी अर्जुन कुमाललाई दिइएको छ । केही दिन अघि सकिएको नरेश स्मृती राष्ट्रिय यु १९ प्रतियोगिताको प्रदर्शनको आधारमा टिम तयार गरिएको हो ।
क्यानले पूर्व राष्ट्रिय क्रिकेटर शक्ति गौचनलाई टोलीको प्रमुख प्रशिक्षक र धिरेन्द्र चन्दलाई सहायक प्रशिक्षक जिम्मेवारी दिइएको छ ।
एसिसीले शुक्रवार जारी गरेको खेल तालिका अनुसार प्रतियोगिता मंसिर १४ देखि २३ गतेसम्म हुनेछ । एसिया कपमा नेपालको पहिलो खेल श्रीलंकासॅंग रहेको छ । दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्ने नेपालले अन्तिम खेल मंसिर १८ गते मा अफगानिस्तानसँग खेल्नेछ। खेल ५० ओभरको हुनेछ ।
एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह विभाजनमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । फाइनल मंसिर २३ गते हुनेछ ।
नेपाली यु १९ क्रिकेट टोली
हेमन्त धामी (कप्तान), अर्जुन कुमाल(उपकप्तान), आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलसाद अलि र रन्जित कुमार।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]