4 months ago
November 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) नेपाल प्रिमियर लिग (एनपिएल) टोली सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच प्रायोजन सम्झौता भएको छ ।
करिअर पार्टनरको रुपमा सूदुरपश्चिम रोयल्स र कुमारी जबबीच शुक्रबार सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाह र कुमारी जबका तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारीले हस्ताक्षर गरेका थिए।
मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा नेपालको अग्रणी संस्थाको पहिचान बनाएको कुमारी जब पछिल्लो एक दशकदेखि आम जनमानसमा आफ्नो सेवा पुर्याउँदै आएको छ ।
नेपाली क्रिकेटले नयाँ फड्को लिएको समयमा कुमारी जबले सुदुरपश्चिम टोलीमार्फत आफ्नो उपस्थितिका साथ सहकार्य गर्न लागेको जनाएको छ ।
रोयल्सका सिइओ प्रकाश खड्काले यस कदमको स्वागत गर्दै नेपाली क्रिकेटमा लामो समयदेखि साझेदारी गर्दै आएको कुमारी जबसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।
‘कुमारी जब र नेपाली क्रिकेटको नाता निकै पुरानो छ । वहाँहरुले आफ्नो क्रिकेटप्रतिको लगावलाई निरन्तरता दिने निर्णय लिनुभएको छ । यसपटक नेपाली क्रिकेटको महोत्सवको रुपमा रहेको एनपिएलमा सहकार्य गर्न पाउँदा निकै खुसी छौं,’ खड्काले भने ।
कुमारी जबका प्रबन्ध निर्देशक भण्डारीले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी लागेको र नेपालमै पहिलो पटक हुन लागेको एनपिएलमा करिअर पार्टनरको रुपमा सहमति गर्न पाउँदा खुसी लागेको बताए ।
‘हामी सबै मिलेर देशमा क्रिकेटको विकास गर्नका निमित्त आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आवश्यक छ । क्रिकेट खेल मात्र नभएर अब आउने युवाहरुको लागि करिअर पनि हुन सक्छ,’ भण्डारीले भने।
रोयल्सले विदेशी खेलाडीमा न्युजिल्याण्डका स्कट कुगेलेइन, यूएईका रोहन मुस्तफा, स्कटल्यान्डका ब्रान्डन मक्मलेन र इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरिसकेको छ ।
त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा छन् । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहकि सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा हुन् ।
रोयल्सले आइकोनिक खेलाडी टोलीमा समेट्न खुला छनोट पनि गर्दैछ । रोयल्सले कात्तिक २८ गते गर्ने ट्यालेन्ट हन्टबाट एक आइकोनिक खेलाडी र ४ सुदुरपश्चिम हिरोज छनोट गर्नेछ । छनोट कार्यक्रम धनगढीमा हुनेछ ।
आइकोनिक खेलाडी रोयल्सको एनपिएल टोलीमा समावेश हुनुका साथै ४ हिरोज पनि टोलीसँग रहेर नै प्रशिक्षण गर्नुहुनेछ । छनोटका लागि रोयल्सले सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघसँग समन्वय गरिरहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपिएल सुरु हुनेछ ।
सुदूरपश्चिम रोयल्सको टोली – दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन मक्मलेन, सेफ अलि जेब, स्कट कुगेलेइन, रोहन मुस्तफा।
February 27, 2025
एजेन्सी – आइसिसी च्याम्पियन्स ट्रफी २०२५ मा समूह चरणबाट बाहिरिसकेका पाकिस्तान र बंगलादेश खेल्दैछन् । पाकिस्तान र बंगलादेशबीचको खेल रावलपिण्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ बजे सुरु हुदैछ । दुवै देश भारत र न्युजिल्याण्डसँग पराजित भएका थिए । पाकिस्तान र बंगलादेश रहेको समूह ए बाट भारत र न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरिसकेका छन् । […]
February 26, 2025
एजेन्सी – अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड च्याम्पियन्स ट्रफी २०२५ बाट बाहिरिएको छ । अफगानिस्तानसँग बुधवार ८ रनले पराजित भएसँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको समूह चरणबाट नै बाहिरिएको हो । ३ सय २६ रनको बलियो लक्ष्य पछ्याएको इङ्ग्ल्याण्ड ४९.५ ओभरमा ३ सय १७ रनमा समेटियो । अफगानिस्तानले इङ्ग्ल्याण्डमाथि ओडिआईमा दोस्रो पटक जित हासिल गरेको हो । २ वर्ष […]
February 26, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा सम्पन्न तेश्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिग(केपिएल) को उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधिमाथि जितेको हो । भिमदत्तलाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पायडेयले ९३ रनको अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय […]