default_image

4 months ago

November 8, 2024

सन्जुको शतकमा दक्षिण अफ्रिकालाई बलियो लक्ष्य

2914 views

0 Bookmark

एजेन्सी – ओपनर सन्जु स्यामसनको शतकको सहयोगमा भारतले पहिलो टि ट्वान्टी आईमा घरेलु टोली दक्षिण अफ्रिकालाई बलियो लक्ष्य प्रस्तुत गरेको छ ।

४ वटा टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई २ सय ३ रनको बलियो लक्ष्य दिएको हो ।

दक्षिण अफ्रिकाको डर्बनमा शुक्रवार टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय २ रनको योगफल तयार गर्यो ।

भारतका लागि ओपनर सन्जुले ५० बलमा ७ चौका र १० छक्काको सहयोगमा १ सय ७ रन बनाए । टि ट्वान्टी आई करियरको दोस्रो शतक सन्जुले ४७ बलमा पूरा गरे ।

टि ट्वान्टी आईमा सन्जुको याे लगातार दोस्रो शतक हो । गत महिना हैदरावादमा बंगलादेशविरुद्ध पनि सन्जुले शतक प्रहार गरेका थिए । यस्ताे सफलता प्राप्त गर्ने सन्जु पहिलाे भारतीय क्रिकेटर हुन् ।

सन्जुले दोस्रो विकेटका लागि कप्तान सूर्यकुमार यादवसँग ६६ रनको साझेदारी गरे । सूर्यकुमारले १७ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन जोड्दा तिलक बर्माले १८ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ३३ रन बनाए । रिंकु सिहले १० बलमा ११ रन बनाए ।

भारतले १३.३ ओभरमा १ सय ५० रन जोडेकोमा दक्षिण अफ्रिकाले पछिल्ला ओभरमा राम्रो बलिङ गर्दा विशाल योगफल तयार गर्न सकेन । दक्षिण अफ्रिकाले पछिल्लो ५ ओभरमा ३५ रन खर्चिएर ५ विकेट लिएको थियो ।

दक्षिण अफ्रिकाका लागि जेरार्ड कोट्जेले ३ तथा मार्को यानसन, केशब महाराज, पिटर, प्याट्रिक क्रुजरले समान १ विकेट लिए ।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.